बारा प्रहरीले आज ४ किलो प्रतिबन्धित लागू औषध अफिम र ७ किलो गाँजा सहित २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ । बुधवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहतमा रहेको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जका ईन्चार्ज प्रहरी बरिष्ठ नयाब निरिक्षक टेक बहादुर कार्कीको सक्रियता तथा उहाँकै कमाण्डमा खटिएको प्रहरी टोलीले सो लागुऔषध सहित २ जना ब्यत्रिक्तलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला बारा जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगञ्ज चोक स्थितमा हेटौडाबाट वीरगञ्ज तर्फ जादै गरेको प्र.३–०२–००७ प ८२३९ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाईकललाई रोकी चेकजाँच गर्दा लेगार्डमा प्लाष्टिकको झोलामा झुन्ड्याई र सिट मुनी लुकाई छिपाई राखेको अवस्थामा सो लागू औषध अफिम जस्तो पदार्थ र सोही मोटरसाईकलमा सवार निम्न व्यक्तिले बोकेको झोला भित्र लागू औषध गाँजा र नगद २० हजार समेत वरामद गरी २ जना व्यक्तिहरू नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर ३ नाङगी टोल वस्ने २९ बर्षीय सुन बहादुर थिङ्ग र मोटरसाईकलमा पछाडी सवार जिल्ला बारा निजगढ नगरपालिका वडा नम्बर १३ डमरपुर वस्ने २२ बर्षीय संजय मोक्तान रहेका छन ।
प्रहरी बरिष्ठ नयाब निरिक्षक कार्कीको सक्रियताले उनि निकै चर्चामा आएका छन । कार्कीले गर्दै आएको निरन्तर प्रयास तथा कमाण्डीङ्गका कारण आम नागरिकमा प्रहरी संगठन प्रति बिश्वास बढेको छ ।

प्रतिक्रिया