विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सिमेन्ट उद्योगको मूल्यवृद्धिविरुद्ध सांसद रहबर अन्सारीले दायर गरे सर्वोच्चमा रिट

580


मधेश प्रदेश सभा सदस्य रहबर अन्सारीद्वारा सिमेन्ट उद्योगमा मूल्य समिकरण (कार्टेल) विरुद्ध दायर गरिएको रिटलाई सर्वोच्च अदालतले औपचारिक रूपमा स्वीकार गरेको छ।

सिमेन्ट उत्पादक कम्पनीहरूबीचको अनुचित प्रतिस्पर्धा र मूल्यवृद्धिको षड्यन्त्र भएको दाबी गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले २०८१ माघ ६ ९२०२५ जनवरी १९० मा जारी पत्रमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अदालतमा उपस्थित हुन निर्देशन दिएको छ।

रिटमा सिमेन्ट उत्पादकहरूले मूल्य समिकरणको उद्देश्यले मिलेमतो गरेको दाबी गरिएको छ, जसका कारण सर्वसाधारण उपभोक्ता र निर्माण क्षेत्रमा गम्भीर आर्थिक असर परेको उल्लेख छ। त्यस्तै, रिटमा भविष्यमा सर्वसाधारणको लागि प्रिमियम मूल्यमा साधारण शेयर ल्याउनलाई कम्पनीलाई जसरी पनि नाफामा लैजानुपर्ने भएकाले अहिले मूल्यमा कार्टेल गरिएको आरोप लगाइएको छ।

अदालतले रिट स्वीकृत गरेसँगै सांसद अन्सारीले आफ्नो लामो संघर्षपछि महत्त्वपूर्ण कानूनी सफलता प्राप्त गरेको बताएका छन्। उनले भने, “यस रिटले बजारमा पारदर्शिता र निष्पक्षताका लागि ठूलो योगदान पुर्‍याउनेछ। औद्योगिक क्षेत्रमा कडा नियमन आवश्यक छ। ”उनका कानूनी सल्लाहकार अधिवक्ता अनुपम भट्टराईका अनुसार, अदालतमा प्रमाणहरू मजबुतीका साथ पेश गरिएको छ र अब निष्पक्ष निर्णयको अपेक्षा गरिएको छ।

सर्वोच्च अदालतको कार्यवाही थप अगाडि बढ्ने विश्वास गरिएको छ। यसले सिमेन्ट उद्योगमा प्रतिस्पर्धा विरोधी गतिविधिहरूमा गहिरो छानबिनको बाटो खोल्नेछ। यदि यी आरोपहरू प्रमाणित भए, दोषी सिमेन्ट उत्पादकहरू कडा कारबाहीको सामना गर्नुपर्नेछ।

यो मुद्दाले नागरिक समाज, कानूनी विज्ञहरू र औद्योगिक क्षेत्रका अगुवाहरूको ध्यान आकृष्ट गरेको छ। अदालतको अन्तिम निर्णयले नेपालको औद्योगिक प्रतिस्पर्धा, उपभोक्ता अधिकार र बजार नियमनमा ठूलो प्रभाव पार्नेछ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,521,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,608,विचार,33,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,571,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,154,
ltr
item
ekrantikhabar: सिमेन्ट उद्योगको मूल्यवृद्धिविरुद्ध सांसद रहबर अन्सारीले दायर गरे सर्वोच्चमा रिट
सिमेन्ट उद्योगको मूल्यवृद्धिविरुद्ध सांसद रहबर अन्सारीले दायर गरे सर्वोच्चमा रिट
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi38Jm_KdQyiEyqC8qhMpQG_H3ew1K9CGTLtoCsF_l2wfcHTIG7j3FkKsGmofzS4Xl6MRyJx8jnuufqzP9FdkGrpsJoj0W5CLCaLC02x3as_qJNb5gOwlDC0oGJSVjfYZQxkDlA0gBtstEWKtZn7ZA3BVtgrQbBlEzaVXG2cYoXxe77TVe4gMUFFOVbr1Vp/s320/Rahbar-Ansari1669209672.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi38Jm_KdQyiEyqC8qhMpQG_H3ew1K9CGTLtoCsF_l2wfcHTIG7j3FkKsGmofzS4Xl6MRyJx8jnuufqzP9FdkGrpsJoj0W5CLCaLC02x3as_qJNb5gOwlDC0oGJSVjfYZQxkDlA0gBtstEWKtZn7ZA3BVtgrQbBlEzaVXG2cYoXxe77TVe4gMUFFOVbr1Vp/s72-c/Rahbar-Ansari1669209672.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/02/blog-post_54.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/02/blog-post_54.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content