विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु

580


काठमाडौं-
काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।

महान्यायाधिवक्ता कार्यालयको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा १३ देशका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सम्मेलनको बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सर्वोच्च अदालतका न्यायाधीश सपनाप्रधान मल्लले डिजिटलको माध्यमबाट हुने सबै प्रकारका अपराधहरूलाई सरकारले नियन्त्रण गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा  सरकारले गम्भीर भएर अनुसन्धान गर्नुपर्छ। यसले देशकै अर्थतन्त्रमा असर गर्छ।’

डिजिटलको माध्यमबाट हुने अपराधहरूको मुद्दा अहिले अदालतमा बढ्‍न थालेको भन्‍दै उनले यसका लागि विभिन्न सामाजिक सञ्जालहरूलाई स्वदेशको कानुनमा आधारित रहेर दर्ता हुन जरूरी रहेको उनको भनाइ थियो । उनले डिजिटल अपराधले महिलाको करियर मात्रै होइन सामाजिक हुने बहिस्करणलाई झन् प्रताडित गर्ने भन्‍दै महिलाको उपस्थितिलाई नै प्रमाणको रुपमा हेर्नुपर्ने बताइन् ।

उद्‌घाटनपछि डिजिटल अपराध, त्यसका प्रवृत्ति, अनुसन्धान अनि न्यायनिरुपणका विषयमा छलफल हुने महान्यायाधिवक्ता रमेश बडालले जानकारी दिए । अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र संस्थागत क्षमता सुधारका उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा सहभागी विज्ञहरुले ‘डिजिटल युगका अपराधहरु स् पूर्वानुमान र त्यसमाथिको सम्बोधन’ भन्ने अवधारणामा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

प्रविधिमा आधारित अपराधहरु बढ्दो क्रममा रहेको र त्यसले समाजमा चुनौती थपेकाले सम्बोधनका लागि सम्मेलन आयोजना गरिएको महान्यायाधिवक्ता बडालले बताए । सम्मेलन प्रविधिमा आधारित भएर हुने यौन हिंसा र दुर्व्यवहार, साइबर अपराध, क्रिप्टोकरेन्सी र डिजिटल आर्थिक अपराध, एआईको प्रयोगबाट हुने अपराधहरुका विषयमा केन्द्रित हुनेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, श्रीलंका, बेलायत लगायत देशका अनुसन्धानकर्ता, अपराधशास्त्रका विज्ञहरु, एआई विशेषज्ञ, अभियोजक, कानूनविज्ञ तथा न्यायाधीश सहभागी छन् ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,520,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,605,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,568,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,151,
ltr
item
ekrantikhabar: डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjS4rhd6FgaGRcbILhZwmVwZU35nb6fWELi6UmK6jE7uoFD1iBZTouO9bIobSg8PX3anQO3woxBnqlluBZpjcDO5WON46CTxE1xK9BmoVWsfLqflW04qgEInzXHtp3krvCotJ3jzcP3bO_YCVHjoXFt56imRqiUcaiXGj3HleWwz9EfYh5S-ehKg8fXn87P/s320/Digital-crime.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjS4rhd6FgaGRcbILhZwmVwZU35nb6fWELi6UmK6jE7uoFD1iBZTouO9bIobSg8PX3anQO3woxBnqlluBZpjcDO5WON46CTxE1xK9BmoVWsfLqflW04qgEInzXHtp3krvCotJ3jzcP3bO_YCVHjoXFt56imRqiUcaiXGj3HleWwz9EfYh5S-ehKg8fXn87P/s72-c/Digital-crime.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/02/blog-post_77.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/02/blog-post_77.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content