वीरगंज । नेकपा (माओवादी केन्द्र)को मधेश प्रदेश कमिटी सदस्यमा पर्साका युवा नेता इशक कुमार पासवान सिफारिस भएका छन। नेकपा (माओवादी केन्द्र)का भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)का सचिव पासवान सहित ४ जना विद्यार्थी नेताहरू प्रदेश कमिटीमा सिफारिस भएका हुन।
माओवादी केन्द्रको केन्द्रिय कार्यालयले अनेरास्ववियू (क्रान्तिकारी) का उप महासचिव प्रभाकर गुप्तालाई प्रदेश समितिको सचिवालय सदस्यमा सिफारिस गरेको छ, भने प्रदेश सदस्यमा महमद जुवेर आलम र शिवम कुमार लगायतका सिफारिस भएका छन् ।
माओवादी केन्द्रले विद्यार्थी संगठनमा ३२ वर्ष उमेर हदका कारण संगठनबाट विधानतः बिदा भएका युवा विद्यार्थीहरूको व्यवस्थापनको गर्दै प्रदेश सदस्यमा सिफारिस गरेको हो ।
केन्द्रीय कार्यालयद्वारा गत माघ ४ गते उपमहासचिव शक्ति बस्नेतको नेतृत्वमा हिमाल शर्मा र पन्चा सिंह सदस्य रहेको ३ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले देश भरिका विद्यार्थी संगठनबाट पार्टीको विभिन्न प्रदेश कमिटीमा १५१ जनालाई सिफारिस गरेको छ ।
जसमा मधेश प्रदेश समितिमा परेका १८ जनामा पर्साका ४ जना पर्न सफल भएका छन् । प्रदेशसँग सम्बन्धित सिफारिसहरुलाई सम्बन्धित प्रदेश पार्टी कार्यालयहरुमा सिफारिस कै रूपमा परिपत्र गरिदिनका लागि अध्यक्ष प्रचण्डबाट निर्देशन भए बमोजिम सिफारिसको परिपत्र गरिएको महासचिव देव गुरुङले जनाएका छन् ।

प्रतिक्रिया