मुगुको रारा राष्ट्रिय निकुञ्जभित्र रहेको डाँफे होटलमा आगलागी भएको छ।
छायानाथ रारा नगरपालिका - रारा तालनजिक रहेको डाँफे होटलमा आगलागी हुँदा होटलका पाँच वटा घरटहरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुकाले जनाएको छ ।
प्रहरीका अनुसार ढुंगामाटोले बनेको र जस्तापाताले छाएको दुई तले घर र बाँकी काठले बनेको र जस्ताले छाएको चार वटा टहरा जलेर नष्ट भएको छ ।
आगलागी गएराति १ बजेतिर भएको थियो। सेना, प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएर ३:५५ बजे आगलागी पूर्ण नियन्त्रणमा लिएका थिए।
होटलमा रहेका पाहुनाहरू आगलागी भएको थाहा पाएपछि होटलबाट बाहिरिएका थिए भने केहीलाई उद्धार गरिएको थियो। उनीहरू नजिकै रहेका अरू होटलहरूमा राखिएको प्रहरीले जनाएको हो ।

प्रतिक्रिया