भगवान कुर्मी पर्सा: गण्डक चौक स्थित क्लार्क रिसोर्ट होटेलमा रहेको गोल्डेन फिङ्गगर गेमिङ्ग जोन क्यासिनोमा नियम विपरीत नेपालीहरुलाई सजिलै प्रबेश गराई क्यासिनो संचालन गरेको सामाचार प्राप्त भएको छ ।
वीरगञ्जका क्यासिनोहरुमा नेपालीहरुलाई सजिलै प्रबेश पाउने भएकोले जुवा खेल्नेहरुको चहलपहल बढदै गएको हो । यता पर्सा जिल्लाका सुरक्षा निकाय समयमा मौन बसेपछि आन्तरिक जुवा खोल्नेहरुको संख्यामा बढोत्तरी हुने गरेको छ । प्रहरी प्रशासनको मौनतालाई हात पारेर क्लार्क रिसोर्टमा रहेका गोल्डेन फिङ्गगर गेमिङ्ग जोन क्यासिनोले नियम विपरीत नेपालीहरुलाई सजिलै प्रबेश गराउदैं गरेका छन । क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेद गरिएको र खासगरी बिदेसीहरुलाई मात्र प्रवेश पाउँने नियम छ । तर यस क्यासिनाले नियमावली (२०७०) लाई खुल्याम धज्जी उडाउदैं नियम विपरीत नेपालीहरुलाई भित्रियाउने गरेका छन ।
खास गरेर क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिङ्गगर गेमिङ्ग जोन क्यासिनोले राजनितिक पहुचको भरमा खुल्याम नियमको धज्जी उडाउदैं गरेको प्रमाण समेत पाईएको छ । यती मात्र होईन्न वीरगञ्जको मुख्य बजार एरियामा रहेको दियालोे लडँस प्लाजामा संचालीत किंङ्ग क्यासिनोको गतिबिधि पनि यस्तै देखिएको छ । मनोपरी नेपालीलाई प्रबेश गराएर खुल्याम कानुनको धज्जि उडाई रहेका छन । क्यासिनोहरुमा जुवा तास खेल्नेहरुको लागी मालिकहरुले सावारी साधनको समेत ब्यवस्था गरेका छन । घरबाट ल्याउने र रातिमा जुवा खेले पछि घर सम्म पुर्याउने जतिको सेवा सुबिधा दिनु भनेको जुवाको लत लगाउनु तथा क्यासिनोबाट साहुहरुलाई ठुलै आम्दनी पाईरहेको पुष्टी हुन्छ ।
किंङ्ग क्यासिनोमा जुवा तास खेलेर वीरगञ्ज २५का एक जना युवा बिलिबाट्ठ भएका छन । भने यस्ता दर्जनौं युवाहरु क्यासिनोका कारण ताबाह भएको घटना पनि बिभिन्न सामाचार, पत्र पत्रिकामा आउदां समेत प्रहरी प्रशासनले एक्सन नलिनु दुर्भाग्य देखिन्छ ।
“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा लिने गरिन्छ तर यो क्यासिनोमा नेपालीहरु प्रवेश पाउँन थालेपछि अहिले क्यासिनो भरिभराउँ तथा क्यासिनो एकदमै रजगज बनेको छ ।
पर्सा जिल्लाका गोल्डेन फिङ्गगर गेमिङ्ग जोन र किंङ्ग क्यासिनोका मालिकहरुको राजनितिक पहुच निकै बलियो रहेकै कारणले गर्दा नियम विपरीत नेपालीहरुलाई भित्रियाउदा पनि पर्साका सुरक्षा निकायहरु मौन रहेको देखिएको जानकारहरु बताउछन ।
यो क्यासिनोहरुको माध्यमले मात्र दिनहु सयौं नेपालीहरु बर्बाद हुने गरेका छन तै पनि पर्साका सुरक्षा निकायको भने यस बिरुद्ध कुनै किसिमको गतिबिधी देखिएको छैन्न ।
नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार सो क्यासिनोको ईजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिङ्गगर गेमिङ्ग जोन र दियालोमा रहेको किंङ्ग क्यासिनोले खुल्याम नियमको धज्जी उडाईरहेको अवस्थामा पनि सुरक्षा निकायको मुर्खदर्शक बन्नु साच्चिकै राजनितिक दबाव तथा संचालकहरुको पहुच माथिल्लो निकाय सम्म रहेको पुष्टि हुन्छ ।
माथिल्लो निकाय सम्मको पहुचकै कारणले गर्दा यस क्यासिनोका मालिकहरुले आर्थीक नजराना तथा राजनितिक सेटिङ्गबाट सुरक्षा निकाय माथी दबाव बनाएर राखिएको स्रोतको दावी छ ।
वीरगञ्जमा भिस्वा होटलमा सेन्ट्रल मिडिया गेमिङ क्लब, सुरज होटेलमा भने फोरचुन सिटीको नाममा क्यासिनो सञ्चालित रहेको छ । तर खास गरेर क्लार्क रिसोर्टमा रहेको गोल्डेन फिङ्गगर गेमिङ्ग जोन र किंङ्ग क्यासिनोले अहिले निकै चर्चामा आएको देखिएको छ ।
पर्सा जिल्लामा प्रहरी प्रशासनका प्रमुखहरुले यस्ता गतिबिधि थप पार्न आफु अग्रसर रहेको देखाउछन, तर यस्ता कृयाकलाप थप हुनुको सट्टा झन झन मौलाउदै गरेको छ । पर्सा जिल्लाका प्रमुखहरुको कुरा नेता जस्तै भाषणमा मात्र लिप्त भएको देखिन्छ, भने अहिले पर्सा जिल्लामा प्रहरी प्रशासन प्रमुखमा जुन जोगी आए कानै चिरेको उखान पुष्टि भएको हो । अब जनताको पक्षमा काम गर्ने सुरक्षा निकाय नै बिभिन्न जालझेलको सिकार भयो भने आउदों समयमा सुरक्षा निकायबाट जनताले के अपेक्षा गर्ने प्रश्न समेत उठन सुुरु भएको छ ।
यता यस बिषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रसंग बुझन खोज्न कार्यालयको यो ९८५५०७५५५५ ब्यस्त ब्यस्त आयो भने उहाँको निजि यो ९८५१२८११६० नम्बरमा फोन उठेन भने प्रमुख जिल्ला अधिकार गणेश अर्याल आफु ब्यस्त रहेको प्रतिकृया दिए।

प्रतिक्रिया