Menu

आजको मौसम

कैलालीमा लागूऔषधसहित ९ जना प्रहरीको फन्दामा

Author
ईक्रान्तिखबर डेस्क |
January 04, 2025
Featured


२० पुस, धनगढी : 
कैलालीमा लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको छ । शुक्रबार धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका क्षेत्रबाट मात्र लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकैबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ बस्ने ३४ वर्षीय मोहन रानालाई ६ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

रानाले चलाएको से ४ प ६८५९ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्दा हेण्डलभित्र लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका–२ कै त्रिनगर भन्सार चोकमा सुपप्र०१–०११ प ६५३८ नम्बरको स्कुटरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा चालक धनगढी–१३ बस्ने २९ वर्षीय बाहाली राना र पछाडी सवार धनगढी–६ बस्ने ३१ वर्षीय दिपक रानालाई पक्राउ गरिएको छ ।

उनीहरुको साथबाट पाँच सय मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–१० को घुइयाघाटबाट २५ वर्षीय प्राभुपन रानालाई पक्राउ गरिएको छ । उनले चलाएको सु.प.प्र.०१–००९ प ५६२४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा अगाडीको भागमा लुकाइछिपाइ राखेको अवस्थामा ८४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका(१३ झोलुङ्गेपुल नजिकबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका(९ बस्ने २४ वर्षीय प्रदिप राना र ३० वर्षीय अनिल रानालाई पनि लागूऔषधसहित पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ ।

टीकापुर नगरपालिका–२ आखाँ अस्पताल नजिकैबाट सोही ठाउँ बस्ने २३ वर्षीय विक्रम बुढा र १९ वर्षीय मिलन टमटालाई पनि ८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ ।

यस्तै, धनगढी उपमहानगरपालिका–३ केदार टोलबाट बैतडीको पाटन नगरपालिका–८ घर भएर केदार टोलमा नास्ता पसल सञ्चालन गरी बसेका ४० वर्षीय रोशन महराको नास्ता पसलबाट लागूऔषध चरेस बरामद गरिएको छ । महराको पसलबाट ६९ ग्राम ३४० मिलिग्राम लागूऔषध चरेससहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको पसलबाट १० लिटर अवैध घरेलु मदिरा समेत बरामद गरिएको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3