Menu

आजको मौसम

सई यादवको एक्सन, ३० लाख ६७ हजार बराबरको अवैध सामानसहित ट्रक प्रहरीको फन्दामा

Author
ईक्रान्तिखबर डेस्क |
December 26, 2024
Featured


बारा,११ पुस :
बारा प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित जीतपुर चोकबाट ३० लाख ६७ हजार ७९६ रुपैयाँ बराबरका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

पुस ९ गते राति ०८:४५ बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरीक्षक मोह नारायण रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौं जाँदै गरेको ना ४ ख ३९८४ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा बिलभन्दा बढी समान फेला परेको थियो। 

चालकले सामानको स्रोत खुलाउन नसकेपछि प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको इलका प्रहरी जितपुरको ईन्चार्‍ज मोह नरायण यादले जानकारी दिए।

ट्रकमा कपडा, चना, ब्याट्री, थर्मोकोलका दाना र अन्य खुद्रा सामान लोड गरिएको थियो।

ट्रक र सामानलाई आवश्यक कर्वाहिको लागि पथलैया राज्सव कार्यलायमा बुझायेको मोह नरायण यादले जानकारी दिए।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3