Menu

आजको मौसम

नागढुंगा- नौबिसे सडक खण्डमा पहिरोमा पुरिएको माइक्रोबाट १४ जनाको शव फेला

Author
ईक्रान्तिखबर डेस्क |
September 28, 2024
Featured


नागढुंगा- नौबिसे सडक खण्डमा आएको पहिरोमा ज्यान गुमाएका १४ जना एकै गाडीका यात्रु भएको खुलेको छ।

इलाका प्रहरी कार्यालय धादिङ र नागढुंगा प्रहरी प्रभागका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको माइक्रो गाडीबाट ती शवहरू निकालिएको हो।

लु १ ज ४५७८ नम्बरको उक्त गाडी शुक्रबार बिहान बुटवलबाट छुटेको थियो। गाडी शुक्रबारै राती पहिरोमा पुरिएको थियो।

बुटवलबाट १३ यात्रु लिएर हिँडेको उक्त गाडीका यात्रु र चालक गरी १४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलका टिकट शाखाका कर्मचारी लक्ष्मण कार्कीका अनुसार उक्त गाडी रमेश लुइँटेलले चलाएर लगेका थिए।

बुटवल ट्राफिकचोकस्थित टिकट काउन्टरबाट बुटवल कालिकानगरका ३ जना, देवीनगरका ३ जना र सुख्खानगरका ३ जनाले टिकट काटेका थिए।

गाडीबाठ आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको प्रहरीले जनाएको छ। हालसम्म चालक रमेश लुइँटेल, बुटवल १६ सेमलारकी सिर्जना कुँवर र प्रकाश कुँवरको पहिचान खुलेको प्रहरीले जनाएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3