Menu

आजको मौसम

कक्षाकोठामा साथी हँसाउने विद्यार्थी जब राष्ट्रिय मञ्चमा पुगे

Author
news and updates |
November 24, 2026
Featured

पर्सा , मंसिर ७ –

विद्यालयको कक्षाकोठामा साथीहरूलाई हँसाउँदै आफ्नो प्रतिभा देखाउने प्रतीक कुमार अधिकारी अहिले नेपाली हास्य मनोरञ्जन क्षेत्रमा लेखक तथा कलाकारका रूपमा परिचित हुँदै गएका छन्।

वीरगंज महानगरपालिका–७, कुम्हालटोलमा जन्मिएका अधिकारीले विद्यालय जीवनदेखि नै हास्य प्रस्तुतिमा रुचि राख्दै आएका थिए। साथीहरूलाई रमाइला कुरा सुनाएर हँसाउने उनको बानी नै पछि व्यावसायिक यात्राको आधार बन्यो।

एसईईपछि उच्च शिक्षाका लागि काठमाडौं पुगेका उनले ‘नेपग्यासम’ युट्युब च्यानलबाट सार्वजनिक हास्ययात्रा सुरु गरेका थिए। त्यसपछि विभिन्न खुला हास्य मञ्चमा प्रस्तुति दिँदै ‘कमेडी च्याम्पियन’ सिजन ३ को उत्कृष्ट २४ प्रतियोगीमा समेत स्थान बनाउन सफल भए।

उनले आफ्नै समूह बनाएर ‘जोक जात्रा’ र ‘जोक जात्रा अगेन’ नामक हास्य कार्यक्रम सञ्चालन गरेका छन्। ‘जोक जात्रा अगेन’ नेपालका नौ सहरमा प्रस्तुत गरिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3