Menu

आजको मौसम

छातापिपरामा पिकअप दुर्घटना एकजनाको मृत्यु

Author
ईक्रान्तिखबर डेस्क |
September 07, 2026
Featured

पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पथलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको ना।५ च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–३० प्रोसतिपुर निवासी २२ वर्षीय जैमुदिन अंसारी रहेका छन् ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको पिकअप सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएपछि अर्को लेनमा पुगेको थियो । त्यसपछि पिकअप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा पिकअपका सहचालक विश्रामपुर गाउँपालिका–९ निवासी २० वर्षीय स्वयमभुला अंसारी घाइते भएका छन् । उनको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया अघि बढाएको जनाएको छ । दुर्घटनाको थप कारणबारे अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3