राजमार्गमा खसेको पहिरो पन्छाउने तथा क्षतिग्रस्त सडक मर्मत गर्ने काम भइरहेको भए पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ। सडकको अवस्था र पहिरोको प्रकृति हेर्दा तत्कालै सबै स्थानमा यातायात सहज बनाउन कठिनाइ रहेको प्रशासनको भनाइ छ।
पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम भइरहे पनि वर्षा भइरहेका कारण थप पहिरो खस्ने जोखिम कायमै छ। त्यसैले सडक खुलाउने काममा पनि मौसमको अवस्थाले प्रभाव पार्न सक्ने प्रशासनले जनाएको छ।