Menu

आजको मौसम

करोडौंको उद्योगमा साझेदारको ‘युद्ध’: साकेत क्याललाई धम्की, कारखाना नै भत्काउने खेल

Author
ईक्रान्तिखबर डेस्क |
September 05, 2026
Featured

वीरगञ्ज: सन् २०२२ मा स्थापना भएको फुड सप्लिमेन्ट उत्पादन गर्ने एक उद्योगमा साझेदारबीचको विवाद चर्किँदै गएपछि उद्योगको सञ्चालनदेखि लगानीको सुरक्षासम्म गम्भीर प्रश्न उठेको छ ।


उद्योगका प्रमुख साझेदार साकेत क्याल र अर्का साझेदार पवनबीच लामो समयदेखि विवाद रहेको बताइएको छ । करिब २५ करोड रुपैयाँ लगानी भएको भनिएको उक्त उद्योगमा साझेदारबीचको आन्तरिक विवाद अहिले धम्की, आर्थिक अनियमितताको आरोप र उद्योगमा क्षति पु¥याउने प्रयाससम्म पुगेको दाबी गरिएको छ ।

उद्योग सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्दै आएका क्याललाई अर्का साझेदारबाट धम्की दिइएको आरोपसमेत बाहिर आएको छ । साझेदारबीचको विवादका कारण उद्योगको नियमित सञ्चालन, उत्पादन र लगानीको सुरक्षामाथि नै प्रश्न उठन थालेको छ ।

उद्योगमा भएको लगानी तथा आर्थिक कारोबारको हिसाब–किताब पारदर्शी नभएको भन्दै असन्तुष्टि बढेको बताइएको छ । एक पक्षले उद्योगमा आफ्नो लगानी जोखिममा परेको दाबी गरिरहेको छ भने अर्को पक्षले आफूविरुद्ध लगाइएका आरोप अस्वीकार गर्दै आएको बताइएको छ ।

यसबीच उद्योगको संरचना तथा कारखानामा क्षति पु¥याउने वा भत्काउने प्रयास भएको आरोपसमेत लगाइएको छ । करोडौँ रुपैयाँ लगानी भएको औद्योगिक प्रतिष्ठानमा साझेदारबीचको विवाद व्यक्तिगत तहमा मात्र सीमित नरही सम्पत्ति तथा लगानीको सुरक्षासँग जोडिन थालेपछि सम्बन्धित निकायको भूमिकामाथि समेत प्रश्न उठेको छ ।

२५ करोडको लगानी, साझेदारबीचको विवाद र धम्कीको आरोप एकैसाथ सार्वजनिक भएपछि घटनाको निष्पक्ष छानबिन आवश्यक देखिएको छ । उद्योगमा वास्तविक रूपमा कति लगानी भएको हो, कम्पनीको स्वामित्व संरचना कस्तो छ, आर्थिक कारोबार कसरी भइरहेको छ तथा उद्योगको सम्पत्तिमा क्षति पु¥याउने प्रयास भएको हो वा होइन भन्ने विषयमा सम्बन्धित निकायले तथ्यपुरक अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

यता, घटनामा आरोपित साझेदार पवनको पक्ष भने स्पष्ट रूपमा सार्वजनिक हुन बाँकी रहेको छ । उनको आधिकारिक प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समेटिनेछ ।

करोडौँको लगानी भएको उद्योगमा साझेदारबीचको विवादले उद्योग नै संकटमा पर्ने अवस्था सिर्जना भएमा त्यसको प्रत्यक्ष असर लगानीकर्ता, श्रमिक र औद्योगिक वातावरणमा पर्न सक्ने भएकाले राज्यका सम्बन्धित निकायले घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ । स्रोत च्वाईस खबर


यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3