Menu

आजको मौसम

नारायणी अस्पताल विवाद: बहुअरी चौकमा पीडित पक्षको प्रदर्शन, सडक अवरुद्ध; वडाध्यक्ष चतुर्वेदीको निःशर्त रिहाइको माग

Author
Bhagwan kurmi |
July 29, 2026
Featured

वीरगञ्ज- नारायणी अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीसँग सम्बन्धित विवाद थप चर्किएको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारलाई न्याय दिलाउन माग गर्दै पीडित पक्षले वीरगञ्ज महानगरपालिका–२५ स्थित बहुअरी चौकमा शान्तिपूर्ण प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका छन।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने, अनुसन्धानमा भइरहेको भनिएको ढिलासुस्ती र लापरवाही अन्त्य गरिनुपर्ने तथा पीडित परिवारलाई शीघ्र न्याय सुनिश्चित गर्न माग गरेका छन। उनीहरूको दाबीअनुसार न्यायको पक्षमा आवाज उठाइरहेका वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष अशुतोष चतुर्वेदीलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएको भन्दै त्यसको विरोध गरिएको हो।

प्रदर्शनमा सहभागीहरूले वडाध्यक्ष अशुतोष चतुर्वेदीलाई तत्काल निःशर्त रिहा गर्न समेत जोडदार माग गरेका छन। उनीहरूले शान्तिपूर्ण आन्दोलनमा सहभागी जनप्रतिनिधिलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी छानबिनको वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन।

प्रदर्शनकारीहरूले सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडित परिवारलाई न्याय दिलाउन तथा आन्दोलनमा सहभागी वडाध्यक्ष चतुर्वेदीको निःशर्त रिहाइ सुनिश्चित गर्न माग गर्दै न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन।

यस विषयमा प्रहरी पक्षबाट भने नियन्त्रणको कारण र अनुसन्धानबारे आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3