Menu

आजको मौसम

नारायणी अस्पताल विवादको असर? पर्साका एसपी पाठकको सरुवा, नयाँ एसपीका रूपमा भट्टराई आउने प्रहरी स्रोतको दाबी

Author
Bhagwan kurmi |
July 29, 2026
Featured

वीरगञ्ज- नारायणी अस्पतालसँग जोडिएको विवाद र जिल्लामा देखिएका विभिन्न विषयपछि पर्साका प्रहरी प्रमुख (एसपी) सुदिप राज पाठकको सरुवा गरिएको प्रहरी स्रोतले जनाएको छ। स्रोतका अनुसार पाठकलाई प्रहरी प्रधान कार्यालय (मुख्यालय) तानिएको छ भने उनको स्थानमा एसपी पवन भट्टराईलाई पर्सा पठाउने तयारी भएको छ।

प्रहरी स्रोतका अनुसार नारायणी अस्पतालमा उपचारका क्रममा भएको भनिएको लापरवाहीपछि उत्पन्न विवाद, त्यससँग सम्बन्धित घटनाक्रम तथा जिल्लामा देखिएका अन्य विवादहरूका कारण प्रहरी नेतृत्व परिवर्तन गरिएको हो। यद्यपि नेपाल प्रहरीले सरुवाको आधिकारिक कारण सार्वजनिक गरेको छैन।
स्रोतका अनुसार एसपी पाठकको कार्यकालमा केही संवेदनशील घटनाको व्यवस्थापन र प्रहरी भूमिकामाथि समेत प्रश्न उठ्दै आएका थिए। पछिल्लो समय नारायणी अस्पतालसँग सम्बन्धित घटनाले थप चर्चा पाएपछि प्रहरी नेतृत्व फेरबदल गरिएको दाबी गरिएको छ।
यसैबीच, पर्साको नयाँ प्रहरी प्रमुखका रूपमा एसपी पवन भट्टराई आउने तयारी रहेको छ, भने आजै बेलुका एसपी पाठकको बिदाई कार्यक्रम समेत रहेको प्रहरी स्रोतको दाबी छ। 

यस विषयमा नेपाल प्रहरी वा सम्बन्धित निकायबाट औपचारिक धारणा आउन बाँकी रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3