Menu

आजको मौसम

एनसेल मुख्यालयमा सिआईबीको छापा, स्मार्ट टेलिकम प्रकरणमा अनुसन्धान तीव्र

Author
ईक्रान्तिखबर डेस्क |
May 14, 2026
Featured

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ ।

उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको सिआईबीस्रोतले जनाएको छ ।

गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको हो । त्यसअघि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको सिआईबीस्रोतले जनाएको छ ।

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनायो । ‘हामीले केही कागजात लिएर आएका छौँ, अनुसन्धान जारी छ’, स्रोतले भन्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3