नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज भैरहवाबाट नियन्त्रणमा लिएको हो ।
शुद्धीकरणसम्बन्धी अपराधको अभियोगमा हाल ललितपुरको सानेपास्थित प्रहरी हिरासतमा रहेका चर्चित बिचौलिया तथा विवादास्पद व्यापारी दीपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेको देखिएपछि उनलाई पक्राउ गरिएको हो।
गोल्छाले आफू अध्यक्ष रहेको हिमालयन रि(इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयरधनी भट्टलाई दोस्रो बजारमा सेयर खरिद गरी सम्पति शुद्धिकरणमा सघाउन भुमिका खेलेको र सम्पति शुद्धिकरणको छानविनमा तानिएपछि गोल्छाले २०८२ फागुन २५ गते राजिनामा दिएका थिए ।
गोल्छा काम विशेषले भैरहवा पुगेका बेला प्रहरीले निगरानीमा राख्दै नियन्त्रणमा लिएको बुझिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ।
सभार यात्रा डेली

प्रतिक्रिया