काठमाडौँ— प्रतिनिधिसभाको पहिलो बैठकमै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले सदनभित्रै बिभेद भइरहेको भन्दै कडा आपत्ति जनाएका छन। उनले बिभेद अन्त्यको भाषण गर्नेहरूलाई व्यवहारमै समानता देखाउन चुनौती दिएका छन।
संकेतिक तस्विर
बैठकलाई सम्बोधन गर्दै साम्पाङले जनताले संसदमा पठाउनुको उद्देश्य सम्झन आग्रह गरे। “जनताले के का लागि यहाँ पठाएका हुन् ? सबैभन्दा पहिला हामी आफैं परिवर्तन हुनुपर्छ,” उनले भने।
साम्पाङले बैठक ढिला सुरु भएकोप्रति पनि असन्तुष्टि व्यक्त गरे। निर्धारित समयभन्दा १६ मिनेट ५५ सेकेन्ड ढिला बैठक सुरु भएको उल्लेख गर्दै उनले समयको मूल्य बुझ्न संसद र सरकारलाई आग्रह गरे। “जनताले यसरी ढिला गर्न यहाँ पठाएका होइनन्,” उनले भने, “आउँदा दिनमा बैठक सुरु हुनुभन्दा कम्तीमा ५ मिनेट अगाडि उपस्थित हुने संस्कार विकास गरौं।
उनले सदनभित्रै समान व्यवहार नभएको आरोप लगाउँदै सत्तापक्ष र प्रतिपक्षबीच समय वितरणमा असमानता रहेको बताए। “सत्ताधारीलाई बढी समय दिने र प्रतिपक्षलाई कम समय दिने कुरा नै बिभेद हो,” उनले जोड दिए।
त्यसैगरी, साम्पाङले सरकारप्रति पारदर्शिताको माग राख्दै प्रधानमन्त्री, मन्त्री र सांसदहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।
उनको सम्बोधनले संसदभित्रको कार्यशैली, अनुशासन र समानताको विषयमा पुनः बहस सुरु गराएको छ।
प्रतिक्रिया