$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

चितवनमा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न ९३ जनामाथि मुद्दा दायर

580


जेन्जी आन्दोलनको दोस्रो दिन भदौ २४ गते चितवनका सरकारी भवन, व्यक्तिका घर, राजनीतिक दलका कार्यालय तथा व्यापारिक प्रतिष्ठानको तोडफोडमा संलग्न ९३ जना व्यक्तिमाथि चितवन प्रहरीले कारबाही प्रकृया अघि बढाएको छ ।

प्रहरीका अनुसार जिल्लाका ६२ वटा सरकारी कार्यालय, १० वटा व्यक्तिगत भवन, राजनीतिक दल र सञ्चार माध्यम गरी ९ वटा र ३ वटा व्यापारिक केन्द्रमा तोडफोड तथा आगजनी भएको थियो । ती कसुरमा सहभागी भएकाहरुमाथि ८४ वटा मुद्दा जिल्ला अदालतमा दर्ता भएको छ ।

प्रहरी कार्यालय चितवनले अनुसन्धान गरी सरकारी वकिलको कार्यालय चितवनले ७४ वटा आपराधिक उपद्रो, ७ वटा अभद्र व्यवहार, दुई वटा चोरी र एक लागु औषध अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । मुद्दाअन्तर्गत अपराधमा संलग्न भएका ९३ जनामध्ये ५३ जनालाई पक्राउ गरी अदालतमा हाजिर गराइएको  छ ।

प्रहरीका अनुसार अदालतमा हाजिर गराइएका ५३ मध्ये ४१ जना धरौटीमा रिहा भएका छन् भने १२ जनालाई जिल्ला अदालत चितवनले पूर्पक्षको लागि थुनामा पठाएको छ । ८ जनामध्ये ७ जना यसअघि पनि विभिन्न अपराधमा संलग्न भएका व्यक्ति हुन् । प्रहरीले आपराधिक कार्यमा संलग्न एक जनालाई लागु औषधसहित पक्राउ गरेको थियो । उनलाई लागु औषध मुद्दामा पुर्पक्षको लागि थुनामा अदालतले पठाएको छ ।

पुर्पक्षका लागि थुनामा गएकामध्ये ५ जनालाई आपराधिक उपद्रोको अभियोगमा थुनामा पठाइएको छ, दुई जना चोरी र अर्का एक जना लागु औषधका अभियोगमा फैसला भइ कैदमा जानुपर्नेमा फरार अभियुक्त रहेकोले कारागार भुक्तानको लागि पठाइएको हो । तीन जना धरौटी तिर्न नसकी थुनामा गएका छन् ।

प्रहरीका अनुसार जिल्लास्थित सरकारी कार्यालयहरुले क्षति विवरणसहित निवेदन दिएका थिए, व्यक्ति, जिल्ला स्थित राजनीतिक दल तथा व्यापारिक संस्थाहरुले पनि प्रहरीमा निवेदन दिएका थिए । कार्की आयोगको प्रतिवेदनमा भदौ २४ गतेको तोडफोडमा सरकारी कार्यालय बाहेक ६ वटा राजनीतिक दलका कार्यालय, ५१ वटा व्यक्तिका घरमा तोडफोड तथा आगलागी भएको प्रतिवेदनमा उल्लेख छ ।

८६ वटा चार पाङ्ग्रे गाडी, १ सय ६ वटा दुई पाङ्ग्रे सवारी र एउटा सञ्चार गृहमा तोडफोड गरिएको जनाइएको छ । पूर्ण रूपमा जलाइएको भाटभटेनी सुपरमार्केटबाहेक जिल्लामा २४ गतेको तोडफोड तथा आगलागीबाट १ अर्ब ६१ करोड, ८४ लाख २१ हजार ८ सय ४० रुपैयाँ ४० पैसा बराबरको क्षति पुगेको उल्लेख गरिएको छ । प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटले आफ्नो प्रतिष्ठान जल्दा ६९ करोड ८४ लाख ३० हजार १ सय ९२ रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,581,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,653,विचार,36,विज्ञान प्रविधि,26,विश्व,91,समाचार,692,स्थानीय समाचार,323,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: चितवनमा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न ९३ जनामाथि मुद्दा दायर
चितवनमा भदौ २४ गते तोडफोड र आगजनीमा संलग्न ९३ जनामाथि मुद्दा दायर
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY1Mxq1YgfXKJzTgplpj_anJMS4L-2rJb5rEqOAXLmu4p1N5-UlPw0AmGbF7vOTeurcJif-jgo_1xx8qADYh_aeGp-xQ6SXUnSfBj4mdJL7aEF1wcOOakqjs8UKqxovUby_BEBTXjq2NPt6UoFX4CvJzmE-icbuGb-ol1ZzWwkkti9LtXBWtaXbuAUtYIb/s320/images.jfif
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjY1Mxq1YgfXKJzTgplpj_anJMS4L-2rJb5rEqOAXLmu4p1N5-UlPw0AmGbF7vOTeurcJif-jgo_1xx8qADYh_aeGp-xQ6SXUnSfBj4mdJL7aEF1wcOOakqjs8UKqxovUby_BEBTXjq2NPt6UoFX4CvJzmE-icbuGb-ol1ZzWwkkti9LtXBWtaXbuAUtYIb/s72-c/images.jfif
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/03/blog-post_7.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/03/blog-post_7.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content