काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले सहसचिव रिजाललाई पक्राउ गरेको हो ।
रिजाल जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ हुनुहुन्थ्यो। रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप लगाइएको छ ।
तत्कालीन गृहमन्त्री रमेश लेखक निकट सहसचिव रिजाल जेनजी आन्दोलनमा दमन गरेपपि काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन हुनुभएको थियो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन सार्वजनिक नगरी बालेन सरकारले सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ गरिसकेको छ ।
नेपालको इतिहासमा नै सरकारले आन्दोलनमा गोली चलेको मा प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यान मुद्दामा पक्राउ गरेको छ ।यो कार्य अति पूर्वाग्रही भएको भन्दै चर्को आलोचना भएको छ ।
पक्राउ परेका सिडिओ रिजालले गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा काठमाडौंका तत्कालीन सीडीओ रिजालले आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताउनु भएको छ।
जाँचबुझ आयोगसमक्ष रिजालले दिएको बयानमा आफूले अन्तिम बल अर्थात् सिधै गोली चलाउने आदेश नदिएको उल्लेख छ ।

प्रतिक्रिया