वीरगञ्ज- जिल्ला प्रहरी कार्यालय पर्सामा चैते दशैंको अवसरमा मौल पूजा गरी विधिवत रूपमा माता भगवतीको पूजा सम्पन्न गरिएको छ।
परम्परागत रूपमा प्रत्येक वर्ष मनाइने चैते दशैंको अवसर पारेर आयोजना गरिएको उक्त पूजामा कार्यालयका प्रमुखसहित प्रहरी अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। धार्मिक विधिअनुसार गरिएको पूजामा राष्ट्रको शान्ति, सुरक्षा तथा नागरिकको सुख–समृद्धिको कामना समेत गरिएको जनाइएको छ।
प्रहरी संगठनभित्र धार्मिक तथा सांस्कृतिक परम्परालाई संरक्षण गर्दै आपसी एकता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आयोजना गरिँदै आएको बताइएको छ।
चैते दशैं हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा मनाइन्छ, जसमा माता भगवतीको पूजा–आराधना गरी शक्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ।

प्रतिक्रिया