वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ५० वर्षीय विनयशंकर साह तुराहा अवैध रकमसहित वीरगञ्ज भन्सार क्षेत्रमा पक्राउ परेका छन ।
सशस्त्र प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ०५ बीके ८६०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सिटकभर मुनि नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६ सय रुपैयाँ लुकाइएको भेटिएको हो ।
स्रोत खुलाउन नसकेका तुराहालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्सा ले रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तुराहा वीरगञ्ज भन्सार संघ पर्साका अध्यक्ष राजमन तामाङ्गको लामा क्लियरिङ सेवामा सहायक कर्मचारीको रुपमा कार्यरत रहेको दाबी गरिएको छ। राजमन तामाङ्गको सरक्षणमा पक्राउ परेका तुराहाले बिगतको लामो समय देखि भारतबाट रकम ओसारपोसार गर्दै आएको सामाचार स्रोतको दावी छ । स्रोतका अनुसार उनी तामाङ्गको नजिकका बिश्वास पात्र समेत रहेको बुझिएको छ ।
भन्सार कार्यालयका हाकिमहरुलाई आर्थिक प्रलोभनमा पारेर आफ्ना गाडी पास गराउन र राष्ट्रको ठुलै राजस्व छल्लि गर्ने उदेश्यले समेत तुराहाले रकम ओसारपसार गर्दै आएको हो की भने प्रश्न खडा भएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार, तुराहालाई आवश्यक कारबाहीका लागि शुक्रबारै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यो घटनाले भन्सार कर्मचारीभित्रको अवैध वित्तीय क्रियाकलापप्रति सार्वजनिक चासो थप्ने निश्चित छ । भन्सार कर्मचारीकै हातबाट यस्तो ठूलो रकमक फेला पर्नु राष्ट्रको वित्तीय सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा गरेको छ । यो घटनाले भ्रष्टाचार र सीमा सुरक्षा प्रणालीमा विद्यमान कमजोरीलाई प्रस्ट्याएको छ ।
प्रतिक्रिया