पर्सा क्षेत्र नम्बर -१ को जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज वडा नम्बर -२० अपौनि,हारपतगन्जमा भेटघाट एवं संवाद तथा घरदैलो तथा कोण सभा सम्पन्न भएको छ।
कार्यक्रमको क्रममा उम्मेदवार सरार्फले मधेस आन्दोलन र जेन्जि आन्दोलनमा निर्दोष युवाहरूको हत्या गर्ने नेपाली काङ्ग्रेस ,एमाले लगायतका ठुला दलले वीरगन्ज र पर्साको बिकास प्रति सधै बेइमानी गर्दै वीरगन्जलाई मात्र राजस्व असुल्ने साधनको रुपमा प्रयोग गरेको बताए । आफु वीरगन्ज प्रतिको बिभेदलाई अन्त्य गर्दै न्याय दिलाउन संघर्स गर्ने प्रतिबद्धता व्यक्त गरे।
देश र मधेसको निकासको उत्कृष्ट विजन जनमत पार्टी र डा सिके राउत संग मात्रै रहेकोले हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।
कार्यक्रममा नेताहरू बिध्या गुप्ता, रम्भा मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार ,सिए देवराज,महादेव शर्मा,निराजन कुशवाहा,सहनवाज राकि, अजित सिह, मन्जय शर्मा,सुमित सिह ,अन्जना गुप्ता, बबिता पुडासैनि,नरेश राम,सत्युग साह लगायतको सहभागीता रहेको थियो।

प्रतिक्रिया