वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ को कोनिया टोलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीको अगुवा कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका क्रममा स्थानीय जनताले उम्मेदवार टेमानीलाई खादा र टीका लगाएर भव्य अभिनन्दन गर्दै आफ्नो समर्थन र भरोसा व्यक्त गरेका छन। वर्षौंदेखि उपेक्षित समस्याहरूलाई नजिकबाट बुझ्ने र समाधानतर्फ सक्रिय देखिएका टेमानीप्रति स्थानीय जनताको आकर्षण र विश्वास दिनानुदिन बढ्दै गएको देखिएको छ।
घरदैलो क्रममा टेमानीले स्थानीयवासीका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुन्दै सामाजिक न्याय, समान विकास र अधिकार सुनिश्चितता नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए। “यो क्षेत्रको विकास केवल भाषणले होइन, इमानदार नेतृत्व र जनताको सहभागिताबाट मात्र सम्भव छ,” भन्दै उनले जनताको साथ र सहयोगले परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे।
स्थानीय अगुवा कार्यकर्ता तथा बुद्धिजीवीहरूले पनि अशोक टेमानीलाई जमिनसँग जोडिएको, जनताको दुःख–सुख बुझ्ने र संघर्षबाट खारिएको नेताको रूपमा चित्रण गर्दै यस पटक क्षेत्र नम्बर–२ बाट उनलाई विजयी गराउनु आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा देखिएको जनउपस्थिति, उत्साह र स्वतःस्फूर्त समर्थनले पर्सा–२ मा अशोक टेमानीको पक्षमा जनलहर बढ्दै गएको संकेत गरेको छ। आगामी निर्वाचनमा टेमानी क्षेत्रका मतदाताको भरोसायोग्य विकल्पका रूपमा उभिएको स्पष्ट देखिएको छ

प्रतिक्रिया