वीरगञ्ज- वर्षौँदेखि उपेक्षित अवस्थामा रहेको वीरगञ्ज महानगरपालिका वडा नम्बर–११ स्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय अब परिवर्तनको ढोकामा पुगेको छ। अन्ततः विद्यालयको नयाँ भवन निर्माणका लागि टेण्डर आह्वान भएसँगै शिक्षा क्षेत्रमा देखिएको बेवास्ताको अन्त्यतर्फ ठोस कदम चलिएको छ।
यस महत्वपूर्ण उपलब्धिको पछाडि नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य, पर्सा जिल्ला इन्चार्ज तथा निवर्तमान सांसद प्रभु हजराको दृढ इच्छाशक्ति, निरन्तर दबाब र परिणाममुखी पहल निर्णायक बनेको रहेको छ। भाषण, आश्वासन र लोकप्रियतामा सीमित हुने नेताहरूको भीडमा हजरा भने काम गरेर देखाउने नेताका रूपमा पुनः स्थापित हुनुभएको छ।
अन्य नेताहरू सत्ता समीकरण र व्यक्तिगत स्वार्थको गणनामा व्यस्त रहँदा, हजराले भने शिक्षा जस्तो आधारभूत आवश्यकता र भविष्य निर्माणसँग जोडिएको विषयलाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गराउँदै कार्यान्वयनको चरणसम्म पुर्याउन सफल हुनुभएको हो। यही कारण उहाँलाई ‘कागजी नेता होइन, नतिजा दिने नेता’ का रूपमा स्थानीयले लिने गरेका छन।
लामो समयदेखि जीर्ण भौतिक संरचनामा पढ्न बाध्य विद्यार्थी, शिक्षक र अभिभावकहरूको पीडालाई सम्बोधन गर्दै अब आधुनिक, सुरक्षित र व्यवस्थित विद्यालय भवन निर्माण हुने अपेक्षा गरिएको छ। भवन निर्माण सम्पन्न भएपछि शैक्षिक गुणस्तरमा सुधार, पठनपाठनमा सहजता, साथै स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधि बढ्ने विश्वास गरिएको छ।
शिक्षा क्षेत्रको यो ठोस उपलब्धिले राजनीति नाराले होइन, कामले जनताले मूल्याङ्कन गर्छन्, र प्रभु हजरा त्यो कसौटीमा खरो उत्रिनुभएको छ।

प्रतिक्रिया