पर्सा क्षेत्र नम्बर-१ मा राजनीतिक बदलावको स्पष्ट संकेत देखिन थालेको छ। जनमत पार्टीप्रति स्थानीय जनताको आकर्षण बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरूको संख्या पनि दिन प्रतिदिन वृद्धि भईरहेको अवस्था छ।
यसै क्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर-२१ अन्तर्गत तत्वा टोल र वडा नम्बर-२३ अन्तर्गत सबैठवामा जनमत पार्टीले स्थानीयहरूसँग भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेको छ।
वीरगन्ज–२१ तत्वा टोलमा आयोजित कार्यक्रममा करिब ३० जना महिला तथा युवतीहरूले जनमत पार्टीमा प्रवेश गरेका छन। साथै शोभा कुमारी साह र इन्द्रावती कुशवाहाको नेतृत्वमा २१ सदस्यीय महिला बुथ समिति गठन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष तथा पर्सा–१ बाट प्रतिनिधिसभाका सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फले देश र मधेसको निकास तथा विकासका लागि जनमत पार्टी नै एक मात्र भरपर्दो विकल्प भएको दाबी गरेका हुन । उनले जनमत पार्टीसँग स्पष्ट दृष्टिकोण, नीति र विकासको क्लियर रोडम्याप रहेको उल्लेख गरेका छन ।
कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, विजय पासवान, निराजन कुशवाहा, विष्णु कुशवाहा, सहनवाज राकी, रामबाबु ठाकुरलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
जाडोको प्रतिकूल मौसमका बाबजुद पनि पर्सा क्षेत्र नम्बर-१ मा जनमत पार्टीका सिफारिस उम्मेदवार ओमप्रकाश सरार्फको चुनावी भेटघाट तथा युवा र महिला समिति विस्तारको अभियान निरन्तर रूपमा अघि बढिरहेको क्षेत्र नम्बर-१ का पर्यवेक्षक डा। मनोज कुमारले जानकारी दिए।

प्रतिक्रिया