काठमाडौं- “श्याललाई काल आयो भने बजार छिर्छ” भन्ने उखानलाई स्मरण गराउँदै नेकपा एमालेका केन्द्रीय कमिटी सचिव महेश बस्नेतले कडा टिप्पणी दिएका छन । एमाले नेता बस्नेतले मंगलबार सामाजिक सञ्जाल मार्फत काठमाडौंमा मेयर भएर जनअपेक्षा पूरा गर्न असफल भइसकेका बालेन्द्र साह (बालेन) अब झापाबाट चुनाव लड्ने चर्चा चलाएर फेरि राजनीतिक अस्तित्व जोगाउने प्रयासमा गरिरहेको बताएका हुन।
आफ्नै जन्मथलो महोत्तरीमा समेत राजनीतिक उपस्थिती देखाउन नसकेका, सामाजिक सञ्जालको हल्लामै सीमित ‘फेसबुकिया प्रधानमन्त्री’प्रति नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत तीखो कटाक्ष प्रहार गरेका छन। नाम नलिए पनि निशाना बालेनतर्फै रहेको स्पष्ट छ।
बस्नेतको टिप्पणीको सार प्रस्ट छ—फेसबुकको लाइकले देश चल्दैन, स्टाटसले राजनीति जितिँदैन। काठमाडौंमा असफल भइसकेको नेतृत्वले भूगोल फेरेर नयाँ भ्रम बेच्न खोज्नु राजनीतिक साहस होइन, हतास निर्णय मात्र हो।
राजनीतिक वृत्तमा चर्चा छ, झापाबाट चुनाव लड्ने कुरा सत्य ठहरिएमा अर्को पराजयले गायकबाट राजनीतिमा आएका यो पात्रको राजनीतिक अध्याय बन्द गरिदिनेछ। जनता अब भाषण होइन, परिणाम खोजिरहेका छन।

प्रतिक्रिया