$show=home

लोड हुँदैछ...

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$show=home

परवानीपुरको १७औँ गाउँसभा सम्पन्न, वडाध्यक्ष कलवार सम्मानित

580


पारवानीपुर गाउँपालिकाले गाउँसभाको १७औँ अधिवेशन आज पालिकाको सभा हलमा सम्पन्न गरेको छ। चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

१७औँ गाउँसभामा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा गरिएको संशोधनसमेत पारित गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधिहरूले उठाएका गुनासोहरूको सम्बोधन गाउँपालिका अध्यक्ष कुर्मीले गर्नुभएको थियो। उहाँले परवानीपुर गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्म भौतिक संरचना निर्माणका साथै स्वास्थ्य, शिक्षा, कृषि, दलितलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताउनुभयो।

अध्यक्ष कुर्मीले समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्य तथा सबै जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै, निर्वाचित भएदेखि नै विकास निर्माणमा जनप्रतिनिधि, संघ–संस्था तथा सरोकारवालाबाट निरन्तर सहयोग पाएको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूलो करदाता रहेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि.का सञ्चालक सुरेश रुंङटाले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको तथा जय श्री हेल्थ केयर प्रा.लि.ले ६ लाख रुपैयाँ समयमै कर बुझाएको भन्दै गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

त्यसैगरी आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख १० हजार रुपैयाँ कर संकलन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी कार्यालयलाई पनि सम्मान गरिएको छ। वडा मातहतका उद्योगहरूबाट सहजीकरण गरी कर संकलनमा योगदान पुर्‍याएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साह कलवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,74,प्रमुख समाचार,576,बिजनेश,28,मनोरञ्जन,29,राष्ट्रिय,633,विचार,36,विज्ञान प्रविधि,26,विश्व,88,समाचार,658,स्थानीय समाचार,317,स्वास्थ्य,44,हाइलाइट,162,
ltr
item
ekrantikhabar: परवानीपुरको १७औँ गाउँसभा सम्पन्न, वडाध्यक्ष कलवार सम्मानित
परवानीपुरको १७औँ गाउँसभा सम्पन्न, वडाध्यक्ष कलवार सम्मानित
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSy8aBnwKBriy0YRJHmrdZwIP-XnztE8EmVt4tq7EJeAedD3zDjRyFO2c0kbcc5XqnnxsNIXYm_gCQQyTSdq2xI5HIAuFmZRJRYLAOMzNXL4mgGhI-rgTlvitHvzF982l_8be70VnQ4SU0ttDPJpLVkHAgwRCtlO-P8Qk1wnwAicwd66-2IIWfLHrriPAF/s320/1000076937.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgSy8aBnwKBriy0YRJHmrdZwIP-XnztE8EmVt4tq7EJeAedD3zDjRyFO2c0kbcc5XqnnxsNIXYm_gCQQyTSdq2xI5HIAuFmZRJRYLAOMzNXL4mgGhI-rgTlvitHvzF982l_8be70VnQ4SU0ttDPJpLVkHAgwRCtlO-P8Qk1wnwAicwd66-2IIWfLHrriPAF/s72-c/1000076937.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2026/01/blog-post_13.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2026/01/blog-post_13.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content