वीरगञ्ज/आनन्द पटेल-आत्म–ज्ञान प्रचार संघ, वीरगञ्ज केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को अवसरमा बिहीबार अन्तर्राष्ट्रिय शान्ति वक्ता डा। श्री प्रेम रावत ज्यूको “शान्तिको सन्देश” भिडियो कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा ६० भन्दा बढी युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले डा। प्रेम रावत ज्यूको शान्तिको सन्देश ध्यानपूर्वक सुन्दै शान्ति आफ्नै मनभित्र रहेको र त्यसलाई प्राप्त गर्न सकिने ज्ञान पाउँदा आफूहरू अत्यन्त खुशी भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले आगामी दिनहरूमा पनि यस्ता शान्ति सन्देश कार्यक्रमहरू निरन्तर सुन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मी राकेश साहले उक्त कार्यक्रममा सहभागी भई सच्चा शान्तिको अनुभूति गरेको बताउँदै अबदेखि डा। प्रेम रावत ज्यूका सबै कार्यक्रम हेर्दै अघि बढ्ने बताए। अर्का सञ्चारकर्मी आरोहण साहले यस्ता कार्यक्रमहरू केन्द्रमा मात्र सीमित नराखी पर्सा जिल्लाका कलेज, क्याम्पस, सरकारी कार्यालय तथा अन्य सार्वजनिक स्थानहरूमा समेत सञ्चालन गर्न आग्रह गरे।
त्यसैगरी कार्यक्रममा सहभागी ज्ञान्ती देवी पटेलले डा। प्रेम रावत ज्यूको शान्तिको सन्देशबाट प्रभावित हुँदै अब बढीभन्दा बढी उनका प्रवचन सुनेर ज्ञान प्राप्त गर्न इच्छुक रहेको प्रतिक्रिया दिइन्।
कार्यक्रम इभेन्ट म्यानेजमेन्ट पिन्टु साहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन आनन्द पटेलले गरेका थिए। प्राविधिक सहयोग रामबालक, दीपक गुप्ता, हरी साहलगायतको टोलीले प्रदान गरेको थियो।
सो अवसरमा डा। प्रेम रावत ज्यूको “स्वयंकी आवाज” नामक पुस्तकसमेत वितरण गरिएको आत्म–ज्ञान प्रचार संघका व्यवस्थापन हेर्दै आएका भरत ठाकुरले जानकारी दिए।

प्रतिक्रिया