नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट दलित (खुल्ला) तर्फ केन्द्रीय सदस्यमा पर्सा जिल्लाका ऊर्जावान तथा प्रभावशाली नेता प्रभु हजराले पुनः सर्वाधिक मतका साथ विजयी भएका छन।
बिहीबार सम्पन्न महाधिवेशनको सार्वजनिक मत परिणाम अनुसार नेता हजराले उल्लेखनीय मतान्तरसहित विजय हासिल गर्दै पार्टीभित्र आफ्नो जनआधार, विश्वास र नेतृत्व क्षमताको पुनः पुष्टि गरेका हुन।
नेता हजराको यो विजय केवल व्यक्तिगत सफलता होइन, दलित समुदायको आवाजलाई केन्द्रीय तहमा अझ मजबुत बनाउने ऐतिहासिक उपलब्धि रहेको देखिन्छ।
लामो समयदेखि पार्टी, संगठन र जनताको सेवामा अविचलित रूपमा समर्पित प्रभु हजराले दलित समुदायको अधिकार, समान प्रतिनिधित्व र सामाजिक न्यायको पक्षमा निरन्तर संघर्ष गर्दै आउनुभएका हुन । संगठन निर्माणदेखि सडक संघर्षसम्म, दबाबदेखि निर्णायक भूमिकासम्म उहाँको योगदान उदाहरणीय मात्र होइन, प्रेरणादायी छ। कमजोरलाई आवाज, उत्पीडितलाई शक्ति र संगठनलाई दिशा दिन सक्ने नेतृत्व आज केन्द्रीय राजनीतिमा अपरिहार्य बनेको छ।
जनतासँगको गहिरो सम्बन्ध, बलियो सांगठनिक क्षमता र अडिग वैचारिक निष्ठाका कारण प्रभु हजरा आज नेकपा एमालेको केन्द्रीय नेतृत्वमा अपरिहार्य र भरोसायोग्य नेताका रूपमा स्थापित हुनुभएको छ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने यात्रामा, समावेशी, न्यायपूर्ण र संघर्षशील नेतृत्वको रूपमा प्रभु हजराको दोस्रो कार्यकालले पार्टी र राष्ट्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ।
नेकपा एमालेको पर्सा जिल्ला इन्चार्ज समेत रहेका नेता हजराले सर्वाधिक मतका साथ पुनः केन्द्रीय नेतृत्वमा आफ्नो स्थान सुरक्षित गर्दै संघर्षशील नेतृत्वलाई रोक्न सकिँदैन भने विरोधीहरूलाई स्पष्ट सन्देश दिनुभएको छ।
प्रभु हजराको दोस्रो कार्यकाल दलित आन्दोलन, पार्टी सुदृढीकरण र सामाजिक न्यायको निर्णायक चरण हुने बुझिएको छ ।
नेता हजराले महाधिवेशनबाट कुल १४६४ उल्लेखनीय मत प्राप्त गरी नेकपा एमालेको केन्द्रीय नेतृत्वमा बिजयी भएका छन।

प्रतिक्रिया