विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमाले महाधिवेशनमा पर्साका पूर्व मन्त्री गुप्तासहित ४ नेता अनुपस्थित, पार्टीभित्र अनुशासनमाथि प्रश्न

580


नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न केन्द्रीय नेतृत्व चयनको मतदान प्रक्रियामा ३६ जना प्रतिनिधि अनुपस्थित भएको तथ्य सार्वजनिक भएपछि पार्टीभित्र गम्भीर प्रश्नहरू उठ्न थालेका छन।

अनुपस्थित रहनेहरूमध्ये नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा पर्साका पूर्व मन्त्री राजकुमार गुप्ता, पर्सा जिल्ला कमिटीका उपाध्यक्ष मनोज गुप्ता, तथा वीरगञ्ज महानगरपालिकाका पूर्व महानगर अध्यक्ष राजेन्द्र यादवसहित चार जना प्रभावशाली नेताहरू रहेको पुष्टि भएको छ।

विशेषगरी पूर्व मन्त्री राजकुमार गुप्ता स्वयं ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारसमेत रहेका थिए। उम्मेदवारी दर्ता गराएर मतदान प्रक्रियामा सहभागी नहुनु पार्टी अनुशासन, राजनीतिक नैतिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गर्ने विषय भएको देखिएको छ। 

पार्टी नेतृत्व चयनजस्तो संवेदनशील र ऐतिहासिक प्रक्रियामा प्रभावशाली नेताहरूको अनुपस्थिति कार्यकर्तामाझ भ्रम सिर्जना गर्ने र संगठनात्मक एकतामा नकारात्मक असर पार्ने कार्य भएको एमालेकै आन्तरिक वृत्तमा चर्चा सुरु भएको छ।

महाधिवेशन जस्तो सर्वोच्च निर्णय प्रक्रियामा सहभागी नहुनु केवल व्यक्तिगत अनुपस्थितिको विषय नभई सिंगो पार्टीपंक्तिप्रतिको गैरजिम्मेवारीपूर्ण व्यवहार भएको भन्दै कडा आलोचना सुरु भएको छ। 

पार्टी अनुशासन र जिम्मेवारीलाई सर्वोपरि मान्ने नेकपा एमालेभित्र यस्ता गतिविधिमाथि अब नेतृत्वले स्पष्ट जवाफ र कडा समीक्षा गर्नुपर्ने आवाज समेत बलियो बन्दै गएको छ।


यता पूर्व मन्त्री गुप्ताले आफु राति १बजे महाधिवेशनमा मतदान गरेको दावी गरेका हुन, भने उपाध्यक्ष मनोज गुप्ताले हजुरबुवा उपचारको क्रममा रहेका कारण आफू उपस्थित हुनसकेको बताएका छन।


केन्द्रीय निर्वाचन आयोगका अनुसार अनुपश्थित हुनेहरुमा केन्द्रीय कमिटीका मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ ,बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्तारा, जकुमार गुप्ता, हरि बहादुर राजवंशी, अनुशासन आयोगका पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी, प्रदीप प्याकुरेल (सुशील) , निर्वाचन आयोग, समिर नेपाल, रचना राजोपाध्याय रहेका छन, भने लेखा आयोगका अशोक केसी, विभागका धनश्याम कोइराला, संजीव रोकाहा र महाधिवेशन प्रतिनिधिमा कृष्णमाया भुजेल (झापा) , लक्ष्मी यादव (बारा) ,शत्रुधन प्रसाद सिंह (सिरहा) , राजेन्द्र प्रसाद यादव (पर्सा) , अशु आनन्द (पर्सा) , मनोजकुमार गुप्ता (पर्सा) ,विजय कापर (सप्तरी) ,जितेन्द्र चौधरी (महोत्तरी) ,दानबहादुर बिक ,बब्लु शिवाकोटी,सिर्जना नेपाली (प्रवास) , अशिम कोइराला,दिनेश बास्तोला, गिरिराज बेलबासे,राजेन्द्र अर्याल,मिना पोखरेल, तेजकुमार विक,पल्लवराज भट्ट,तिलक रिजाल,गोमा नेपाली समेत रहेका छन।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,515,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: एमाले महाधिवेशनमा पर्साका पूर्व मन्त्री गुप्तासहित ४ नेता अनुपस्थित, पार्टीभित्र अनुशासनमाथि प्रश्न
एमाले महाधिवेशनमा पर्साका पूर्व मन्त्री गुप्तासहित ४ नेता अनुपस्थित, पार्टीभित्र अनुशासनमाथि प्रश्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7xfij4QqEE2QzU6-atCQxdUkbbsHE1OomSrnykzK_kfyPXwkotqhimonBDrFLHSdlrl1B0Zj1YuToS6hWStY_AHHjstzeO1i3abDWyuDmNbLbYmB82vvx9V1iQfVAVfeDYjq5cm8Br5gN3Of69UrxSb08Ce0tMFbPpX6FkzEgY2RsIhQjrpg6idCJHkUj/s320/1000068554.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj7xfij4QqEE2QzU6-atCQxdUkbbsHE1OomSrnykzK_kfyPXwkotqhimonBDrFLHSdlrl1B0Zj1YuToS6hWStY_AHHjstzeO1i3abDWyuDmNbLbYmB82vvx9V1iQfVAVfeDYjq5cm8Br5gN3Of69UrxSb08Ce0tMFbPpX6FkzEgY2RsIhQjrpg6idCJHkUj/s72-c/1000068554.png
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_53.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_53.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content