बाराको जीतपुर क्षेत्रमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। दुर्घटनामा संलग्न कार यश ग्रुपका प्रबन्ध निर्देशक यश अग्रवाल टेमानीले चलाईरहेको बताईएको छ।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का करिब ४५ वर्षीय रामबालक सहनीलाई बा ०१–०३३ च २४८१ नम्बरको कारले जीतपुर केरा ढोका नजिक ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी ईलाका प्रहरी कार्यालय सिमराले दिएको छ।
घटनापछि कार चालक टेमानीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यश अग्रवाल टेमानी वीरगंजका चर्चित व्यवसायी हुन र उहाँ उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीका छोरा हुन ।

प्रतिक्रिया