काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलोको माला लगाएर बधाई तथा शुभकामना दिइएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका नेता तथा कार्यकर्ताहरूले बुधबार उहाँलाई मालासहित सम्मान गरेका हुन ।
एमालृेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको अवसरमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा पुगेको टोलीले ओलीलाई बधाई तथा शुभकामना व्यक्त गरेको थियो। भेटका क्रममा पार्टीको संगठन सुदृढीकरण, आगामी कार्यदिशा र समसामयिक राजनीतिक विषयमा समेत संक्षिप्त छलफल भएको बताइएको छ।
काठमाडौंमा सम्पन्न महाधिवेशनबाट ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँको नेतृत्वमा पार्टीलाई थप एकताबद्ध र जनमुखी बनाउने अपेक्षा व्यक्त गर्दै उपस्थित नेता–कार्यकर्ताहरूले सफल कार्यकालको कामना गरेका छन्।

प्रतिक्रिया