बारा- बाराको परवानीपुरमा जनता समाजवादी पार्टी ९जसपा० नेपालको आयोजनामा आज मोटरसाईकल र्यालीक तथा जनजागरण अभियान सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालले प्रस्तुत गरेको २८ बुँदे मागलाई जनस्तरमा विस्तार गर्ने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय जनजागरण अभियान अन्तर्गत कार्यक्रम आज परवानीपुरमा आयोजना गरेको थियो।
बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर- ४ पर्ने परवानिपुर चौकमा आयोजित कार्यक्रममा देशमा बढ्दै गएको असमानता, राजनीतिक अस्थिरता र प्रतिनिधित्वसम्बन्धी चुनौतीलाई उल्लेख गर्दै नेताहरूले ूप्रधानमन्त्री दलगत सम्झौताबाट होइन, जनताको प्रत्यक्ष मतबाट चयन हुनुपर्ने आवश्यकता, संसद नेपालको विविध सामाजिक संरचनाको वास्तविक प्रतिबिम्ब हुनुपर्ने र जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नु नै समानताको मूल मापदण्ड हुनुपर्नेू जस्ता तीन प्रमुख विषय नागरिकसमक्ष स्पष्ट रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै परवानीपुर गाउँपालिकाको वडा नम्बर - ५ का वडाध्यक्ष रामेश्वर प्रसाद कालवारले जसपा नेपालको २८ बुँदे मागलाई स्थानीय तहमा निरन्तर रूपमा जनतासम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे। उनले वर्तमान राज्य संरचना जनताको वास्तविक आकांक्षाअनुरूप परिवर्तन हुन नसकेको उल्लेख गर्दै भने“अब अधिकार कागजमा होइन, व्यवहारमा चाहिन्छ। प्रतिनिधित्व नाममा होइन, जनसङ्ख्याको आधारमा चाहिन्छ। शासन सँगठित शक्तिको खेल होइन, जनताको प्रत्यक्ष आदेश हुनुपर्छ, उनले जोड दिएका थिए।
जनता समाजवादी पार्टी (जसपा) नेपालका पालिका अध्यक्ष समेत रहेका नेता कालवारले प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक समावेशी संसद र जनसंख्या आधारित निर्वाचन क्षेत्रलाई समाजमा व्याप्त असमानता घटाउने मूलमन्त्र भएको जिकिर गरे। उनले जसपा नेपालको अभियानलाई दलगत प्रयोजनभन्दा माथि उठेर राष्ट्र पुनर्संरचनाको आन्दोलनका रूपमा बुझ्न सबैलाई आग्रह समेत गरेका थिए।
कार्यक्रमलाई भब्य रुपमा सफल बनाउन सहयोग गर्नुभएका परवानिपुरका स्थानीय नेता कार्यकर्ता तथा आम नागरिकहरूमा अभार प्रकट गर्दै आगामी दिनमा पनि जनअधिकार र समावेशी राज्य निर्माणका पक्षमा निरन्तर साथ र सहयोगको अपील गरे।
सहभागिताले देश संरचनात्मक सुधार र समावेशी राज्य निर्माणतर्फ उन्मुख भइरहेको संकेत दिएको वक्ताहरूको टिप्पणी थियो। जसपा नेपालको २८ बुँदे दस्तावेजलाई नेताहरूले समानता, समावेशिता र न्यायपूर्ण राज्य पुनर्संरचनाको राष्ट्रिय प्रतिज्ञाका रूपमा व्याख्या गरेका थिए।
मोटरसाईकल र्याली तथा जनजागरण अभियानमा बारा क्षेत्र नम्बर- ४का क्षेत्रिय अध्यक्ष सञ्जु साह, स्थानीय नेता कार्यकर्ता तथा युवा, किसान, मजदूर, व्यापारी, महिला लगायत जेनजी पुस्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया