विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमालेको ११औं महाधिवेशन: महासचिव जितेपछि शंकर पोखरेलको १० मुख्य धारणा

580


नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ११ औं महाधिवेशन इतिहासमै भव्य र ऐतिहासिक बनेको बताएका छन्।

शनिबार फेसबुकमा स्ट्याटस लेखेर महासचिव पोखरेलले ११ औं महाधिवेशनले पार्टीको गौरव वृद्धि गरेको बताएका हुन्।

उनले महाधिवेशनका सन्देशहरूलाई पार्टी पंक्तिले जनताको बीचमा पुर्‍याउनुपर्ने बताएका छन्। महाधिवेशनबाट पारित नीतिकै आधारमा अघि बढ्न सक्षम नेतृत्व चयन गरिएको उनले बताए।

११ औं महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पोखरेल लगातार दोस्रो पटक महासचिव चयन भएका हुन्।

महासचिव चयन भएपछि उनले आफूलाई जिताउन भूमिका खेल्नेहरूलाई धन्यवाद दिँदै ११ औं महाधिवेशनबारे १० वटा बुँदामा धारणा राखेका छन्—

१. एघारौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह नेपालको राजनीतिक इतिहासमै भव्य र ऐतिहासिक समारोह बन्न सफल भयो। भक्तपुर सल्लाघारीस्थित करिब १०० रोपनी क्षेत्रमा फैलिएको मैदान उद्घाटन समारोहका लागि साँघुरो देखिनु यसको प्रमाण हो।

२.पार्टी र नेतृत्व, विशेषतः पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको घेराबन्दीलाई चिर्दै राष्ट्रिय राजनीतिक चुनौती सामना गर्न उहाँको नेतृत्व अपरिहार्य रहेको सन्देश महाधिवेशनले स्पष्ट रूपमा प्रवाह गर्‍यो।

३. नयाँ पुस्ताको सहभागिता बढाउन विशेष आरक्षणको व्यवस्था गरिएकोले उल्लेख्य संख्यामा नवयुवाहरू केन्द्रीय कमिटीमा प्रवेश गर्न सफल भएका छन्।

४. यस पटक प्रायः सबै पदमा प्रतिस्पर्धा भयो। विजयी र पराजित दुवैले निर्वाचन प्रक्रिया र परिणामलाई स्वाभाविक रूपमा स्वीकार गरे, जसले पार्टीको लोकतान्त्रिक छविलाई अझ सुदृढ बनाएको छ।

५. आन्दोलनका अग्रज नेताहरूले स्वेच्छिक अवकाश लिने घोषणा गर्नु सकारात्मक र अनुकरणीय परम्पराको सुरुआत हो।

६. महाधिवेशनको व्यवस्थापन अत्यन्त चुस्त र दुरुस्त रह्यो। निर्वाचन प्रक्रियामा केही प्राविधिक समस्या आएर एक दिन लम्बिए पनि विगतका महाधिवेशनको तुलनामा छोटो समयमा सम्पन्न हुन सक्यो।

७. छोटो तयारी समयका कारण विदेशी पाहुनाहरू आमन्त्रण गर्न नसकिए पनि उद्घाटन समारोहमा नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले व्यक्त गरेका विचारले नेकपा ९एमाले०को नेतृत्वकारी भूमिका स्थापित गर्‍यो।

८. महाधिवेशन सफल पार्न महत्त्वपूर्ण भूमिका खेल्नुभएका कमरेड विष्णु रिमालको निर्वाचनमा पराजय दुःखद पक्ष रह्यो। यस घटनाले पार्टी पंक्तिमा कामभन्दा प्रचारको प्रभाव बढ्दै गएको संकेत गरेको छ, जसलाई सच्याउन वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक देखिन्छ।

९. समग्रमा एघारौँ महाधिवेशन भव्य र ऐतिहासिक रूपमा सफल रह्यो। यसले निर्णायक राष्ट्रिय शक्ति निर्माणको आधार तयार गरेको छ। यद्यपि महासचिव पदमा मेरो उम्मेदवारी अत्यन्त प्रतिस्पर्धात्मक र पेचिलो रह्यो। अनेकन् भ्रम र अफवाह सिर्जना गरी गरिएको चौतर्फी घेराबन्दी र प्रहारलाई कार्यकर्ता पंक्तिले दृढतापूर्वक सामना गर्‍यो र असफल तुल्यायो।

१०. एघारौँ महाधिवेशनले पार्टी निर्माणमा तीन पुस्ताको संयोजनको नीतिलाई व्यवहारमा उतारेको छ। ४० वर्षमुनिका नवयुवासहित करिब एकतिहाइ नयाँ केन्द्रीय सदस्यहरू महाधिवेशनबाट निर्वाचित भएका छन्। यसले पार्टीको उज्यालो भविष्यलाई संकेत गर्दछ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,520,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,605,विचार,32,विज्ञान प्रविधि,26,विश्व,83,समाचार,567,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,150,
ltr
item
ekrantikhabar: एमालेको ११औं महाधिवेशन: महासचिव जितेपछि शंकर पोखरेलको १० मुख्य धारणा
एमालेको ११औं महाधिवेशन: महासचिव जितेपछि शंकर पोखरेलको १० मुख्य धारणा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTNITgqjpGi8x7payBwwj9nQrBtvPWusRDdE9TAtnIDeJI_Yyi4rIW-R9bgdsz49mjGbR2PveT9bM0MkM5_wj8JyocN15xVYv6VAvu-I_pFZ2b1O0p2l14C2Zq7cSoLUr08AivFZLMoWufJk2rKXg-fMYGHVghAUn7ExUZBlEQ-YIzYbnJgYo2XCwhryv1/s320/shankar-pokharel.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhTNITgqjpGi8x7payBwwj9nQrBtvPWusRDdE9TAtnIDeJI_Yyi4rIW-R9bgdsz49mjGbR2PveT9bM0MkM5_wj8JyocN15xVYv6VAvu-I_pFZ2b1O0p2l14C2Zq7cSoLUr08AivFZLMoWufJk2rKXg-fMYGHVghAUn7ExUZBlEQ-YIzYbnJgYo2XCwhryv1/s72-c/shankar-pokharel.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_56.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_56.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content