बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए ।
डीएसपी नेपालकी श्रीमतीको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको र बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया