विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

एमाले महाधिवेशन: स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौं: ज्ञवाली

580


काठमाडौं-
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय महाधिवेशनमा नीतिको बहस गर्नु सान्दर्भिकता नहुने बताएका छन्। नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधरताले प्रभाव पार्ने भएकाले आसन्न महाधिवेशनलाई नेतृत्व चयनमै केन्द्रित गर्न आग्रह गरेका हुन्। 

उनले दुई महाधिवेशनका बिचमा उत्पन्न हुन सक्ने राष्ट्रिय राजनीतिक परिवर्तनका विषयमा आवश्यक नीति संशोधन गर्ने अधिकार महाधिवेशनले केन्द्रीय कमिटीलाई नै प्रदान गरेको उल्लेख गरे। ‘नीति र नेतृत्वको निर्णय एउटै मञ्चबाट गर्दा नीतिगत बहस ओझेलमा पर्ने र नेतृत्वको पक्षधरताले प्रभाव पार्ने विगतका अनुभवको निष्कर्षका आधारमा हामीले विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनलाई अलग-अलग आयोजना गर्ने व्यवस्था गरेका छौँ। तसर्थ, विधान महाधिवेशनका बेला नेतृत्वको र नेतृत्व चयन गर्ने महाधिवेशनका बेला नीतिको बहस गर्नु सान्दर्भिक हुँदैन।’ ज्ञवालीले भने,‘दुई महाधिवेशनका बीचमा राष्ट्रिय राजनीतिमा कुनै फेरबदल आयो र पार्टीका तात्कालीन नीतिहरूमा फेरबदल गर्नुपर्ने भयो भने त्यस्तो अख्तियारी महाधिवेशनले केन्द्रीय कमिटीलाई दिएकै हुन्छ। प्रत्येक घटनाबारे छलफल गर्न महाधिवेशनकै आयोजना गर्नु या त्यसको मञ्च प्रयोग गर्नु सम्भव र व्यवहारिक दुबै हुँदैन।’

सातौँ महाधिवेशनले पारित गरेको ‘राजतन्त्रको पारदर्शिता र प्रजातान्त्रीकरण’ सम्बन्धी निष्कर्ष माघ १९ को घटनापछि असान्दर्भिक र गलत साबित भएको स्मरण गराए। ज्ञवालीले भने,‘निश्चय नै, हाम्रा समग्र काम, उपलब्धि र कमीको वस्तुनिष्ठ समीक्षा जरूरी छ। तर आवेग, मनोवैज्ञानिक दूरी र पक्षधरतामा बाँडिएको बेला गरिने समीक्षा वस्तुनिष्ठ हुन सक्दैन, त्यो आरोप- प्रत्यारोप र ‘ब्लेम गेम’ मा रूपान्तरित हुन्छ। नेतृत्वमाथि यति गंभीर चुनौति खडा भएको बेला विधानको व्यवस्था बमोजिम स्थापना गरिएको स्वयंसेवक संस्थाबारे त कतिपय भिन्न स्वर सुनिन्छन् भने यति बेला समग्र विषयमा सम्यक विश्लेषण सम्भव देखिँदैन। ‘महाधिवेशनलाई नेतृत्व चयनका लागि सहमतिको हर सम्भव प्रयत्न गर्न आग्रह गरे।। हुनै सकेनछ भने स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौं,’उनले भने।

एनपीएलका खेलाडीहरूले देखाएको सकारात्मक ‘स्पोर्टम्यानसिप’को उदाहरण दिँदै ज्ञवालीले पार्टीका नेता तथा प्रतिनिधिहरूले पनि त्यही स्तरको मर्यादा र अनुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए। ‘कीर्तिपुरस्थित अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा चलिरहेको एनपीएलका खेलाडीहरू जत्तिकै ‘स्पोर्टम्यानसिप’ त सबैले अबलम्बन गरौँ न १’उनले भने।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,513,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: एमाले महाधिवेशन: स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौं: ज्ञवाली
एमाले महाधिवेशन: स्वस्थ, मर्यादित र लोकतान्त्रिक अभ्यास गरौँ र पार्टी एकतालाई थप सुदृढ गरौं: ज्ञवाली
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYqVPhw8vUZlElQXi_l7f13XhvMLrkKAypXVreNrsF7_hcDO0xkikwOKim1_qoji999N6prI0iSqqx0lnbdopB6r4ghhwNutfTUkbG5RbsiAoV2ja_Sh71DPmqGmE6sFOcrfCyZC1G83RLpPY_hOKB8T7KFWY925iGA7JpxWcrZa0z7jcZJRNG9lYG8NTm/s320/pradip-gyawali2022-07-18-02-24-56.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhYqVPhw8vUZlElQXi_l7f13XhvMLrkKAypXVreNrsF7_hcDO0xkikwOKim1_qoji999N6prI0iSqqx0lnbdopB6r4ghhwNutfTUkbG5RbsiAoV2ja_Sh71DPmqGmE6sFOcrfCyZC1G83RLpPY_hOKB8T7KFWY925iGA7JpxWcrZa0z7jcZJRNG9lYG8NTm/s72-c/pradip-gyawali2022-07-18-02-24-56.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_13.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_13.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content