पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा राजनीतिक सरगर्मी तीव्र बन्दै जाँदा बहुदरमाई नगरपालिकामा जेनजी युवा समूहको महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बहुदरमाई नगरपालिकाको वडा नम्बर १ र ९ सम्पन्न जेनजी युवा समूह भेटघाट तथा बैठकले नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन।
युवा पुस्ताको सक्रिय सहभागितासहित सम्पन्न उक्त बैठकमा रूपेश पाण्डेलाई “परिवर्तनको सम्वाहक तथा भरोसायोग्य युवा उम्मेदवार” का रूपमा प्रस्तुत गर्दै क्षेत्रको आर्थिक, सामाजिक तथा बजारीकरणलाई केन्द्रमा राखेको विकास भिजनको खुलेर प्रशंसा गरिएको थियो। सहभागी युवाहरूले पर्सा–३ लाई रोजगारी, उद्यमशीलता, पूर्वाधार विकास र व्यवस्थित बजार विस्तारमार्फत समृद्ध बनाउने एजेन्डा समयसापेक्ष रहेको बताएका छन।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल पर्साका जिल्ला सचिव राकेश राजा, युवा नेता सुजित गिरी, मंदिप पटेल तथा सदाम हुसेनको विशेष पहल र सक्रिय भूमिकामा बैठक सम्पन्न भएको हो।
जेनजी पुस्ताको प्रत्यक्ष सहभागिताले चुनावी माहोलमा नयाँ ऊर्जा थपिएको छ।
निर्वाचनको मुखैमा नयाँ पुस्ताको स्पष्ट समर्थन प्राप्त हुनु उम्मेदवारका लागि सकारात्मक संकेत दिएको छ । विशेषगरी, सामाजिक सञ्जालमा सक्रिय र संगठित देखिएको जेनजी पुस्ताको समर्थनले चुनावी समीकरणमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।
पर्सा–३ मा पुस्तान्तरणको बहस तीव्र भइरहेका बेला युवा नेतृत्वको उदयलाई धेरैले नयाँ राजनीतिक सन्देशका रूपमा हेरिरहेका छन। बहुदरमाईमा सम्पन्न यस कार्यक्रमलाई सोही सन्दर्भमा महत्वपूर्ण राजनीतिक घटनाका रूपमा व्याख्या गरिएको छ।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभित्र विभिन्न दल र उम्मेदवारबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। तर, जेनजी युवाहरूको यो सार्वजनिक प्रतिबद्धताले पर्सा–३ को चुनावी माहोलमा रूपेश पाण्डेको पक्षमा थप उत्साह र आत्मविश्वास बढाएको समर्थकहरूको दाबी छ।

प्रतिक्रिया