Menu

आजको मौसम

AI को आडमा भीडको भ्रम:पर्सा–३ मा छोटेलाल यादवमाथि ‘डिजिटल प्रपञ्च’को आरोप

Author
Bhagwan kurmi |
March 02, 2026
Featured


पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक प्रतिस्पर्धा चर्किंदै गएको छ। यही बीच नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले आफ्नो चुनावी प्रचार–प्रसारमा कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरी सामाजिक सञ्जालमा जुलुसमा अत्यधिक भीड देखाइएको सामग्री सार्वजनिक गरेको आरोप बाहिर आएको छ।

स्थानीय राजनीतिक वृत्तमा चर्चा चलेको छ कि सामाजिक सञ्जालमा प्रसारित केही तस्बिरमा देखिएको भीड वास्तविक कार्यक्रमसँग मेल नखाने खालको रहेको दाबी गरिएको छ। प्रत्यक्षदर्शी र विपक्षी दलका नेताहरूले ती सामग्री AI प्रविधिबाट निर्माण वा परिमार्जन गरिएको आरोप लगाएका छन। 

पर्सा–३ मा मुख्य प्रतिस्पर्धा नेकपा एमाले र नेपाली कांग्रेसबीच केन्द्रित देखिएको छ। त्यसैबीच नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी समेत आफ्नो उपस्थितिलाई सशक्त देखाउन प्रयासरत छन। तर, आफुलाई मुख्य प्रतिस्पर्धीका रूपमा स्थापित गर्न डिजिटल माध्यमबाट ‘भीडको प्रभाव’ सिर्जना गर्नु मतदातालाई भ्रमित पार्ने प्रयास भएको आरोप समेत स्थानीय मतदाताले लगाएका छन ।

स्थानीय स्तरमा छोटेलाल यादवमाथि “जनता भन्दा पद ठूलो” भन्ने आलोचना यसअघि पनि दोहोरिँदै आएको छ। कहिले प्रदेशसभा, कहिले प्रतिनिधिसभा—लगातार पदकेन्द्रित राजनीतिमा सक्रिय देखिनुले व्यक्तिगत महत्वाकांक्षा प्राथमिकतामा परेको संकेत मिल्ने कतिपय मतदाताको टिप्पणी छ।

पर्सा–३ मा यसपटक पुस्तान्तरण र परिणाममुखी नेतृत्वको माग तीव्र बन्दै गएको छ। “भाषण होइन, काम चाहियो” भन्ने नाराले गाउँ–टोलमा चर्चा पाइरहेको छ। यस्ता बेला प्रविधिको दुरुपयोग गरी जनमत प्रभावित पार्ने प्रयास गर्नु लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ ।

डिजिटल युगमा AI प्रविधि स्वयंमा समस्या होइन, तर यसको प्रयोग पारदर्शी र जिम्मेवार हुनुपर्छ भन्ने मत विज्ञहरूको छ। निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा गलत सूचना वा कृत्रिम रूपमा सिर्जित प्रभावले मतदाताको स्वतन्त्र निर्णय प्रक्रियालाई असर पार्न सक्छ।

यस सम्बन्धमा छोटेलाल यादव वा उनको चुनावी टोलीबाट औपचारिक प्रतिक्रिया आउन बाँकी छ। यदि आरोप निराधार छन, भने स्पष्ट खण्डन आवश्यक देखिन्छ; र यदि तथ्यमा आधारित छन, भने निर्वाचन आचारसंहिता तथा साइबर कानुनको दृष्टिले सम्बन्धित निकायले छानबिन गर्नुपर्ने आवश्यक देखिएको छ। 

पर्सा–३ को चुनावी मैदानमा अब प्रश्न उठेको छ—के डिजिटल ‘भीड’ ले वास्तविक जनसमर्थनलाई प्रतिस्थापन गर्न सक्छ? अन्ततः निर्णय भने मतपेटिकाले नै गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3