विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेकपा एमालेमा ओलीको विकल्प छैन,ओली बिना एमाले अनाथ हुन्छ, ११औँ महाधिवेशनमा अध्यक्षमा उनी नै एकल उम्मेदवार हुनः अध्यक्ष निषाद

580


नेकपा (एमाले) निकट भातृ संगठन अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघका केन्द्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषादले अध्यक्ष केपी शर्मा ओली पार्टीको अपरिहार्य नेतृत्वकर्ता भएको दाबी गरेका छन । उनले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने वातावरण पूर्णरूपमा तयार भएको पनि बताएका छन । 

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बिषयमा कुरा गर्दै निषादले भने, “नेकपा एमाले केपी शर्मा ओली बिना अनाथ नै हुन्छ । पार्टीमा उनको विकल्प आज पनि छैन । उम्मेदवार बन्नु वा उम्मेदवारी दिनु लोकतान्त्रीक प्रक्रिया हो तर कुरा चलीरहेछ, सहमती र सहकार्यको संवाद चलिरहेको छ, महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीको नाम एकल रूपमा अगाडि बढ्नेछ, यसमा कुनै द्विविधा नरहेको उनले ठोकुवा गरे । 

नेता निषादले महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्वबारे कुनै विवाद नरहेको र अधिकांश संरचना तथा भातृ संगठनहरू ओलीकै नेतृत्व निरन्तरताको पक्षमा रहेको बताए । 

अध्यक्ष निषादले ओलीको राजनीतिक भूमिकालाई राष्ट्रहितसँग जोड्दै उनै “देशको कठिन परिस्थितिमा प्रभावकारी नेतृत्वकर्ता” रहेको दाबी गरे । उनले भने, “केपी शर्मा ओलीले राष्ट्र र राष्ट्रियताको हितमा नायकको भूमिका निर्वाह गरेका छन । उनी जस्तो साहसिक निर्णय क्षमता राख्ने नेता अहिले एमालेमा छैन, भने दावी गरेका हुन । 

उनका अनुसार ओलीको नेतृत्वमा मुलुकले “स्वाभिमान, राष्ट्रियता र विकासको दिशा” पुनः प्राप्त गरेको दाबी गर्दै उनले पार्टीका सबै तह–गतिशीलता एकताबद्ध हुनुपर्ने आवश्यकता रहेको बताए ।

एमाले आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशन प्रतिनिधि सूची अद्यावधिक गर्ने कार्यबाट महाधिवेशन पूर्वाधार लगभग टुंगिएको पार्टीले बताइरहेको छ । यसैबीच निषादले पार्टीभित्र आन्तरिक सहकार्य र समझदारीलाई अझ मजबुत बनाउने आवश्यकता औंल्याए ।

उनले भने, “देश अहिले भिसम (जटिल) परिस्थितिमा छ । यस्तो बेला पार्टीभित्र अनावश्यक विवाद होइन, सहकार्य र एकता अनिवार्य छ । देश बनाउन ओलीकै नेतृत्व तपाईँ–हाम्रो साझा दिशानिर्देशन हुने टिप्पणी गरे । उनले एमालेका सबै कार्यकर्ता, जनसमर्थक र भातृ संगठनहरूलाई महाधिवेशन सफल बनाउन एकताबद्ध भएर अघि बढ्न अपिल समेत गरे ।

एमालेको ११औँ महाधिवेशनमा अध्यक्षदेखि महासचिव तथा अन्य पदाधिकारी चयन महत्वपूर्ण हुनेछ । पार्टीभित्र नेतृत्व संरचना कस्तो बन्छ भन्ने विषयले राजनीतिक वृत्तमा चासो पैदा गरिरहेको छ । यद्यपि, निषादजस्ता नेताहरूले सार्वजनिक रूपमा ओलीको नेतृत्वबारे स्पष्ट समर्थन व्यक्त गरेपछि, अध्यक्षमा ओलीको निरन्तरताबारे महासम्मेलनमा ठूलो प्रतिस्पर्धा नदेखिने संकेत बढिरहेको छ ।

पछिल्ला केही हप्तादेखि एमालेभित्र ओली पक्षधर समूहहरू महाधिवेशन पूर्वको तयारीलाई सक्रिय बनाउँदै आएका छन । विभिन्न प्रदेश, जिल्ला र भातृ संगठनहरूको बैठक तथा परामर्शमा पनि ‘ओली निरन्तरता’ प्रमुख एजेन्डा बनेको देखिएको छ ।


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,73,प्रमुख समाचार,513,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,603,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,560,स्थानीय समाचार,303,स्वास्थ्य,44,हाइलाइट,149,
ltr
item
ekrantikhabar: नेकपा एमालेमा ओलीको विकल्प छैन,ओली बिना एमाले अनाथ हुन्छ, ११औँ महाधिवेशनमा अध्यक्षमा उनी नै एकल उम्मेदवार हुनः अध्यक्ष निषाद
नेकपा एमालेमा ओलीको विकल्प छैन,ओली बिना एमाले अनाथ हुन्छ, ११औँ महाधिवेशनमा अध्यक्षमा उनी नै एकल उम्मेदवार हुनः अध्यक्ष निषाद
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjCaAfRFf-dMUAQ6hTf91lHhMgYyrZ64_swCEAO9L5K1vK5Ndh85_wXggOUHakt7Z4DY3Z3eCoDA7Qo5MSz75l3ER37MnKNHUPqvFxDMMLpLeP7M9WQe1bId7vGNOOnwek4OdjfAxjqoy9XTPJitEqFmAsVQPzrDAhCKPBO1CyqibiMJMhqZ4gIUGok-2kb/s320/481471511_2970469603108518_1665931119308935206_n.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjCaAfRFf-dMUAQ6hTf91lHhMgYyrZ64_swCEAO9L5K1vK5Ndh85_wXggOUHakt7Z4DY3Z3eCoDA7Qo5MSz75l3ER37MnKNHUPqvFxDMMLpLeP7M9WQe1bId7vGNOOnwek4OdjfAxjqoy9XTPJitEqFmAsVQPzrDAhCKPBO1CyqibiMJMhqZ4gIUGok-2kb/s72-c/481471511_2970469603108518_1665931119308935206_n.jpg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/12/blog-post_14.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/12/blog-post_14.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content