विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

राष्ट्रिय झण्डा च्यातेर फाल्ने, प्रदेश सभा सदस्य वीरन्द्र सिंहलाई कारवाही गर्न वीरगञ्ज सक्रिय युवा समूहको मांग

580


पर्सा-
वीरगञ्जका सक्रिय युवा समूहले मधेश प्रदेशको राजनीतिक घटनाक्रमबारे कडा आपत्ति जनाएको छ । पछिल्ला दिनमा मधेश प्रदेश सरकार गठनसँग सम्बन्धित विभिन्न राजनीतिक दलका प्रदेशसभा सदस्यहरूले दिएको आपत्तिजनक अभिव्यक्ति एवं देखिएको अराजक गतिविधिप्रति वीरगञ्ज सक्रिय युवा समूहले गम्भीर ध्यानाकर्षण गराउदैं आपत्ति जनाएको छ । 

वीरगञ्जका सक्रिय युवा समूहले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउदैं जनताको प्रतिनिधित्व गर्ने जिम्मेवारी बोकेका व्यक्तिहरूले मर्यादा, सभ्यता र लोकतान्त्रिक आचरणको सीमालाई नै मिचेर प्रस्तुत भएकाले जनभावनामा गम्भीर आघात पुगेको जनाएको छ । समूहले यस्ता गतिविधि कुनै पनि हालतमा स्वीकार्य नभएको प्रष्ट पारेको हो ।

युवा समुहले समसामयिक राजनीतिक परिस्थिति संवेदनशील रहेको अवस्थामा जनप्रतिनिधिहरूले संयम, शिष्टाचार र जिम्मेवार भूमिकामार्फत समाधानमुखी वातावरण निर्माण गर्नुपर्ने हो, तर उल्टो दिशाका गतिविधि देखिनु चिन्ताजनक रहेको धारणा राखेको छ । 

मधेश प्रदेशमा कात्तिक २२ गते तत्कालीन मुख्यमन्त्रीले विश्वासको मत अघि नै राजीनामा दिएपछि २३ गते आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८को उपधारा (३) अनुसार नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन । यही प्रक्रियापछि उत्पन्न विवादमा नेपाली कांग्रेसका सर्लाहीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वीरन्द्र सिंहले मुख्यमन्त्री कार्यालयमा राखिएको नेपालको राष्ट्रिय झण्डा च्यातेर फाल्नेजस्ता अराजक गतिविधि गरेको आरोपमाथि युवा समूहले कडा आपत्ति जनाएको छ । समूहले यस्तो कार्यले संविधानको धज्जी उडाएको भन्दै सम्बन्धित व्यक्तिमाथि गृहमन्त्रालयमार्फत कानुनी कारबाही गर्न माग समेत गरेको छ ।

साथै मधेश प्रदेश सरकारको कार्यालयमा भएको तोडफोडको घटनामा संलग्न जो–कोही भएपनि, वस्तुगतरूपमा छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्ने समूहको माग छ । समुहले कुनै पनि राजनीतिक दलका प्रतिनिधि भए पनि अराजक कृत्यमा संलग्नलाई दण्डित गर्न छानबिन समिति गठन गर्न समूहले जोड दिएको छ ।

समाजिक अभियान्ता अकलेश कुमार साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको सक्रिय युवा समुहको टोलीले यस्ता असंवैधानिक र अराजक कृत्यमा संलग्न व्यक्तिहरूलाई कारबाही न भएमा शान्तिपूर्ण प्रदर्शनदेखि चरमबद्ध आन्दोलनसम्म गर्न बाध्य हुने चेतावनी दिएको छ । 

सो अवसरमा युवा समूहले कानूनको सम्मान, लोकतान्त्रिक मर्यादा र राजनीतिक संस्कार जोगाउन सबै सरोकारवालालाई गम्भीर हुन आग्रह समेत गरेको थियो ।


ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाजिक अभियन्ता संदिप बस्नेत,देव सराफ, सोनु पटेल संजय यादव, राजु कुमार र पकहाँमैनपुर गाउँपालिकाको जेनजी समुह अध्यक्ष भगवान कुर्मी लगायत युवा समाजसेवी सुमीत पटेलको उपस्थिति रहेको थियो । 

सो अवसरमा प्रमुख जिल्ला अधिकारी दहालले प्रक्रियागत तरिकाले पत्र अगाडी बढाउने बताएका थिए । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,540,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,144,
ltr
item
ekrantikhabar: राष्ट्रिय झण्डा च्यातेर फाल्ने, प्रदेश सभा सदस्य वीरन्द्र सिंहलाई कारवाही गर्न वीरगञ्ज सक्रिय युवा समूहको मांग
राष्ट्रिय झण्डा च्यातेर फाल्ने, प्रदेश सभा सदस्य वीरन्द्र सिंहलाई कारवाही गर्न वीरगञ्ज सक्रिय युवा समूहको मांग
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilxT8jsXVJZDfVmzWBnZsDkFtdJSil6JdWvqnKaOwpZIt1tNWdoZmY5aKRvYcMtawo_Rb67obQWuAfAEdOvgR5Gb__J38lHYX8Ct5EOGJmjj5dtZsKKfHsw8kueISPtf4jUAahP87H-yc0R1nE8gt5XqkcD5E_sLnrlhxBRTnztZOknmaepo1BhYJ3J7tj/s320/139cbe6c-6263-435c-bf30-5cc019db737b.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEilxT8jsXVJZDfVmzWBnZsDkFtdJSil6JdWvqnKaOwpZIt1tNWdoZmY5aKRvYcMtawo_Rb67obQWuAfAEdOvgR5Gb__J38lHYX8Ct5EOGJmjj5dtZsKKfHsw8kueISPtf4jUAahP87H-yc0R1nE8gt5XqkcD5E_sLnrlhxBRTnztZOknmaepo1BhYJ3J7tj/s72-c/139cbe6c-6263-435c-bf30-5cc019db737b.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_63.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_63.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content