विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

पकहाँमैनपुरमा शिक्षा क्षेत्रको संकट गहिरिँदै,मनोज यादव र देवनाथ साहको सेटिङ्गले प्रशासन र विद्यालय नेतृत्वमाथि गम्भीर आरोप

580


पर्साको पकहाँमैनपुर गाउँपालिकामा शिक्षा क्षेत्रमा निरन्तर विवाद, आरोप–प्रत्यारोप र प्रशासनिक असन्तुलनको केन्द्र बनेको समाचार प्रप्त भएको छ । विशेषगरी श्रीराम चरित्र भगत माध्यमिक विद्यालयभित्र देखिएको व्यवस्थापनहीनता, नेतृत्वको मनपरी र राजनीतिक–प्रशासनिक चलखेलले स्थानीय समुदाय गम्भीर रुपमा चिन्तित बनेका छन । 

विद्यालयमा व्यवस्थापन समिति गठनदेखि लिएर, दिवाखाजा कार्यक्रम, शैक्षिक गुणस्तर र प्रशासनिक पारदर्शितासम्म—लगभग हरेक क्षेत्रमाअनियमितता र प्रभावशाली मिलेमतोभएको स्थानीयले दाबी गर्दै आएका छन । स्थानीय स्रोतले प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह, शिक्षा प्रमुख संजय चौहान र विद्यालयका प्रधानाध्यापक मनोज यादवबीचको ‘सेटिङ’को कारण विद्यालयमा अनुशासन, पारदर्शिता र नेतृत्व सबै प्रश्नमा परेको दाबी गरेका छन ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुले दिवाखाजा कार्यक्रममा अनियमितता, उपस्थिति व्यवस्थापनमा कमजोरी, शैक्षिक गुणस्तरमा गिरावट लगायत गम्भीर लापरवाहीको आरोप समेत लगाएका छन । 

शिक्षकहरु नियमित बिद्यालय नआउने र विद्यार्थीहरु भन्दा पहिला नै दिवाखाजा खाईदिने यस्ता गतिबिधि प्रति कसैले केही प्रश्न गर्याै भने उल्टै धाकधम्की देखाउने प्रवृतिका शिक्षकहरु रहेको विद्यार्थीहरुको गुनासो छ । बिद्यालयमा नियमित अनुगम छैन, किताब समेत आवश्यकता अनुसारको उपल्बध छैन, बिद्यालयमा कम्पुटर कक्षा बन्द छ भने लाखौंको बजेट आफु लाभान्वित मात्र खर्च गरिएको नाम नछापने शर्तमा कक्षा १०का एक जना विद्यार्थी बताए । 

यसै गरी कक्षा ७ का एक जना विद्यार्थीले भने प्राधानाध्यापक यादव आफु स्वयम नियमित विद्यालयमा नआउने गरेको दावी गरेका छन । 

विद्यालयमाशैक्षिक नेतृत्वभन्दा नेटवर्क र पहुँचलाई प्राथमिकता दिईएको कारण विद्यालयमा व्यवस्थापन समिति गठन लामो समयदेखि हुन नसकेको आरोप लागेको छ । स्थानियले दिवाखाजा कार्यक्रममा पारदर्शिता नदेखिएको दाबी गरेका छन, भने विद्यालयमा योजनाको रकम कहाँ खर्च हुन्छ, कति विद्यार्थी लाभान्वित भए, कति सामग्री खरिद भए, लागत कति, अनुगमन कसले ग¥यो यी सबै विवरण पारदर्शी छैन ।

विद्यार्थीहरुका अनुसार “कागजमा खर्च धेरै, व्यवहारमा सेवा कमजोर“ देखिएको बताएका छन । 

पालिकाका जनप्रतिनिधि मेरो एउटा पकेटमा हुन्छन,भने प्रशासकिय अधिकृत देवनाथ साह र शिक्षा शाखाका प्रमुख संजय चौहान अर्को पकेटमा हुन्छन, मलाई कसैले केही गर्नसक्दैन, मलाई कसैले रोक्न सक्दैन, भने प्रधानाध्यापक यादवले स्थानिय स्तरमा यस्ता ठाडो अभिव्यक्ति प्रस्तुत गरिरहेको नाम नछापने शर्तमा एक जना स्थानियले बताएका छन । उनका यस्ता कथित वक्तव्यले विद्यालयमा डर, असहजता र अविश्वासथप बढेको छ, भने उनले आफ्ना दादागिरी र हैक्मवादी कै कारण ब्यवस्थापन समिति गठन गर्न नचाहेको समेत पुष्टि भएको छ । 

प्रधानाध्यापक यादवको करतुत कम छैन सार्वजनिक बिदाको दिन समेत कार्यालय सहयोगीका छोराहरुलाई विद्यालयको कार्यालय खोल्ने र कार्यालयमै फिल्म समेत देख्न लगाउने छुट दिएको प्रत्यक्षदर्शीले बताएका छन । यस्ता व्यवहारले विद्यालयमाशैक्षिक वातावरणभन्दा व्यक्तिगत प्रभाव र मनपरी चलन बढी देखिएको पुष्टि भएको छ । 

स्थानीय स्तरमा विद्यालयकोशैक्षिक गुणस्तर निकै न्यून, विद्यार्थीको सिकाइ उपलब्धि खस्किएको, अनुशासन र व्यवस्थापन अस्तव्यस्त भएको देखिएको छ, भने यसबारे अभिभावक र विद्यार्थीहरु समेत असन्तुष्ट छन । 

प्रधानाध्यापक यादवको कार्यशैलीले पालिकाका जनप्रतिनिधि समेत असन्तुष्ट छन, उनको मनपरी गतिबिधिले गर्दा नै विद्यालयकोशैक्षिक गुणस्तर निकै न्यून र व्यवस्थापन समिति लामो समय देखी गठन हुन नसकेको एक जना वडा अध्यक्षले बताएका छन । 

प्रधानाध्यापक यादव मनपरी ढंगले विद्यालयमा काम गर्छन, पालिकाका जनप्रतिनिधिहरुसंग उनी कुनै किसिमको सल्लाहासुझाव लिने काम गर्दैन्न । यस्ता गतिबिधिका कारणले उनलाई सरुवा समेत गर्ने कुरा चलिरहेको छ, तर उनी प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग आपसी सेटिङ्ग गरेर सरुवा रोक्न लगाएको नाम नछापने शर्तमा अर्का एक जना वडा अध्यक्षले जानकारी दिएका छन । 

शिक्षा शाखा प्रमुख चौहानले जेगरे पनि पालिकामा उनको कुरा नचल्ने भएको छ, प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहको आर्शिवादमा प्रधानाध्यापक यादवले आफ्नो कार्यशैली आफ्नै तरिकाले सञ्चालन गरेर अभिभावक तथा जनप्रतिनिधिलाई गुमरामा पारेको एक जना शिक्षकले बताएका छन । 

प्रधानाध्यापक यादव आफु स्वक्ष रहेको ठुलाँ ठुलाँ भाषण गर्छन, तर उनले आफ्नै कुरा ब्यवहारमा नराखी उल्टै धाकधम्की र हैक्मवादीको अभिब्यक्ति प्रस्तुत गरिरहेका छन । 

विद्यालयमा अनियमितता गर्ने उदेश्यले नै प्रधानाध्यापक यादव प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग आर्थिक सेटिङ्ग गरि सरुवा रोक्न सफल समेत भएको स्रोतको दावी छ । 

प्रधानाध्यापक यादवको घर पर्सा जिल्ला पनि होईन्न तर उनी पकहाँमैनपुर गाउँपालिकामा आएदेखि विद्यालयमा गरिएको अनियमितताले हो कि कुन चलखेलले वीरगञ्ज स्थित लक्षुमणवामा करोडौ बराबरको लागतमा पक्की घर बनाउन सफल भए, थोरै समयमा यति ठुलाँ आए आर्जन शिक्षक पेसाले नहुने स्पष्ट छ, तर प्रधानाध्यापक यादवले विद्यालयलाई आर्थिक अपचलन र चलखेलको माध्यम नै बनाएका छन, भने प्रश्न समेत खडा भएको छ ।  

पलिकामा शिक्षा समिति गठन गरिएको छ, तर सो समितिको विद्यालयमा नियमित अनुगमन, स्पष्ट जिम्मेवारी र पारदर्शिता नभएको कारण यस्ता क्रियाकलाप भईरहेको स्थानिय आम नागरिकहरुको गुनासो छ ।

यता प्रमुख प्रशासकिय अधिकृत साह पनि सेटिङ्ग र चलखेलको नामले पर्सा जिल्लामा छुट्टै पहिचान बनाएका छन । आर्थिक अनियमितता र चलखेलमा पटक पटक बिवादको घेरामा परेका छन, तर राजनितिक पहुचको भर छुट्कारा पाउन सफल समेत भईहाछन । उनी जुनसुकै पालिकाको जिम्मेवारी लिएपनि कार्यालय आउने जाने समय उनको आफ्नै तरिकाले हुन्छ, फोन कहिल्यै पनि उठदैन भने लापत्ता जस्तै उनको कार्यशैली देखिन्छ । 

यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहसंग बुझ्न यो ९८५५०८६०३० नम्बरमा सम्र्पक गर्न खोज्दा फोन नै उठेन, भने प्रधानाध्यापक यादवसंग यो ९८४५८८६७१४ नम्बरमा सम्र्पक गर्न खोज्दा फोन नै लागेन आयो । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,540,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,144,
ltr
item
ekrantikhabar: पकहाँमैनपुरमा शिक्षा क्षेत्रको संकट गहिरिँदै,मनोज यादव र देवनाथ साहको सेटिङ्गले प्रशासन र विद्यालय नेतृत्वमाथि गम्भीर आरोप
पकहाँमैनपुरमा शिक्षा क्षेत्रको संकट गहिरिँदै,मनोज यादव र देवनाथ साहको सेटिङ्गले प्रशासन र विद्यालय नेतृत्वमाथि गम्भीर आरोप
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvgO2gsib_bfRVrtR-9HbXhDGEhy6py3-c6_wgqUQyh-FTVQyc-10fN63iKgm2G2limo7uQ9nt1aF4TXk-nakCGDKQHq0kSrQVy5kXmy-SYZagVYZE9iKtz5w0D1TzN7MGA55Fu7qkU_GKmxbVVBSEtbvE0qBUdcM97GJjanL_mMHSAD0TdwV_2sMrc5fx/s320/b12e5040-e8d4-4220-ac90-601d111f0c73.jpeg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhvgO2gsib_bfRVrtR-9HbXhDGEhy6py3-c6_wgqUQyh-FTVQyc-10fN63iKgm2G2limo7uQ9nt1aF4TXk-nakCGDKQHq0kSrQVy5kXmy-SYZagVYZE9iKtz5w0D1TzN7MGA55Fu7qkU_GKmxbVVBSEtbvE0qBUdcM97GJjanL_mMHSAD0TdwV_2sMrc5fx/s72-c/b12e5040-e8d4-4220-ac90-601d111f0c73.jpeg
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_17.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_17.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content