विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल

580

पर्सा, २१ कात्तिकः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले राजस्व चुहावटमा देखिएका कमीकमजोरी सरोकार भएका निकायसँग आवश्यक सहकार्य र समन्वय गरी समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज वीरगञ्ज भन्सार कार्यालयमा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा अर्थमन्त्री खनालले चोरीतस्करी नियन्त्रणका लागि सरोकार भएका निकायबीच समन्वय गरेर काम गर्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले झोलेपोके तस्करीलाई बाटोमा समात्नेभन्दा पनि जहाँ पुर्‍याइन्छ सोही ठाउँबाट नियन्त्रण लिन सरोकार भएका निकायलाई निर्देशन दिनुभयो ।

"दैनिक गुजरा चलाउनका लागि सरसमान ल्याउने र तस्करी गर्नेबीच छुट्याएर आवश्यक कारबाही प्रक्रिया अघि बढाउनका लागि अनुरोध गर्दछु", अर्थमन्त्री खनालले भन्नुभयो । राज्यका सबै निकायले एकापसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

"सबै निकाय एउटै हौँ । परस्पर प्रतिस्पर्धी होइनौँ । राजस्वको जिम्मेवारी अर्थमन्त्रालयको मात्रै नभएर राज्यका सबै निकायको हो । त्यसैले हातेमालो गरेर काम गर्न जरुरी छ", मन्त्री खनालले भन्नुभयो, "राजस्व चुहावटमा देखिएका कमीकमजोरी संयुक्त रूपमा मिलेर समाधान गर्नका लागि निर्देश गर्दछु ।"

अर्थमन्त्री खनालले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीनवटै सुरक्षा संयन्त्रसहित सरोकार भएका सबै निकायबीच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । "तीनवटै सुरक्षा निकायले पनि सूचना समन्वयमा सहकार्य गर्न जरुरी छ", उहाँले भन्नुभयो, "सुरक्षा निकायबाट बरामदी लक्ष्य बढाउने विषय पनि त्यति राम्रो होइन । सोतर्फ ध्यान दिन आग्रह गर्दछु ।"

अर्थमन्त्री खनालले सीमामा बस्ने कर्मचारी तथा राजस्वसँग सम्बन्धित कर्मचारीहरूले सेवाग्राहीसँग बोली र व्यवहारमा नम्र र सभ्य व्यवहार गर्नुपर्ने बताउनुभयो । सेवाग्राहीका लागि हामी खटिएकाले उहाँहरूको भावनाअनुसार काम गर्न सबै कर्मचारीलाई उहाँले आह्वान गर्नुभयो ।

अर्थमन्त्रालयका महाशाखा प्रमुख उत्तरकुमार खत्रीले चोरीतस्करी नियन्त्रण गर्ने अहिले उपयुक्त समय भएको बताउनुभयो । "अहिले काम गर्नका लागि कुनै पनि राजनीतिक  दबाब र प्रभाव नआउने भएकाले पनि सही ढङ्गले कार्यसम्पादन गर्न अनुरोध गर्दछु", उहाँले भन्नुभयो, "राजस्व चुहावट नियन्त्रणमा सक्रिय भई लाग्न निर्देश गर्दछु ।"

राजस्व अनुसन्धान विभागका महानिर्देशक तीर्थराज चिलुवालले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरोकार भएका सबैसँग अनुरोध गर्नुभयो । भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त प्रयास जरुरी रहेकामा जोड दिनुभयो ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले राजस्व चुहावट नियन्त्रणका लागि सरोकार भएका निकायसँग सहकार्य र समन्वय गरी योजनाबद्ध कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताउनुभयो । "चालु आवको तीन महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ", उहाँले भन्नुभयो, "गत आवको तीन महिनाको तुलनामा राजस्व सङ्कलन १२ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ ।" रासस

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

breaking1,106,खेलकूद,70,प्रमुख समाचार,504,बिजनेश,27,मनोरञ्जन,28,राष्ट्रिय,590,विचार,32,विज्ञान प्रविधि,26,विश्व,81,समाचार,542,स्थानीय समाचार,301,स्वास्थ्य,44,हाइलाइट,145,
ltr
item
ekrantikhabar: राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल
राजस्व चुहावटमा देखिएको कमजोरी आपसी समन्वयबाट समाधान गर्नुपर्छः अर्थमन्त्री खनाल
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCj_zAwisBvaD8_z_Mss835FcQtnvhpUaw_TyN290sWItZrOatkcRQSoi0kRkkTH0oZLkBb6du8DO26Ap3xLu14xy66e_x5zcR_cpmAeLc4qTCKbYXlDTNusRyhcNDTOP5o964mrjgAakIgA1VrMm6fwvjy7a9bxvEQ19x8IX1RSuAPBy7IWvFucPouru=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEimCj_zAwisBvaD8_z_Mss835FcQtnvhpUaw_TyN290sWItZrOatkcRQSoi0kRkkTH0oZLkBb6du8DO26Ap3xLu14xy66e_x5zcR_cpmAeLc4qTCKbYXlDTNusRyhcNDTOP5o964mrjgAakIgA1VrMm6fwvjy7a9bxvEQ19x8IX1RSuAPBy7IWvFucPouru=s72-c
ekrantikhabar
https://www.ekrantikhabar.com/2025/11/blog-post_53.html
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/
https://www.ekrantikhabar.com/2025/11/blog-post_53.html
true
1044487428563072835
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content