Menu

आजको मौसम

गोल्डेन भनिने शिवम साह कानु हत्या प्रकरणमा संलग्न तीन जना कारागार चलान

Author
ईक्रान्तिखबर डेस्क |
November 01, 2025
Featured


पर्सा प्रहरीले ‘गोल्डेन’ भनेर चिनिने शिवम साह कानुको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई शुक्रबार वीरगंज कारागार चलान गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असोज ८ गते राति करिब ११/३० बजे वीरगंज महानगरपालिका–१० मन्दिर सडक छेउमा भएको हत्या प्रकरणमा संलग्न प्रमाण भेटिएपछि अदालतको आदेशमा उनीहरूलाई कारागार चलान गरिएको हो।

कारागार चलान हुनेहरूमा वीरगंज–२४ रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभाष चौरसिया र २२ वर्षीय अमित पटेल उर्फ प्रकाश पटेल रहेका छन्।

पर्सा प्रहरीका नायब उपरीक्षक तथा सूचना अधिकारी हरीबहादुर बस्नेतका अनुसार तीनै जनामाथि ‘कुख्यात अपराधी गोल्डेन भनिने शिवम साह कानुको योजनाबद्ध हत्या’मा संलग्नता रहेको ठहर भएको छ। बस्नेतले विज्ञप्तिमार्फत घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

राष्ट्रिय $type=triple-post$count=9

स्थानीय समाचार $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


प्रविधि $type=triple-post$count=3

विश्व $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म $type=triple-post$count=3