पर्सा जिल्लामा ट्राफिक प्रहरीले ड्युटीलाई ढाल बनाउँदै खुलेयाम असुली धन्दा चलाईरहेको समाचार प्राप्त भएको छ । विशेष गरी वीरगञ्ज नजिकको ड्राईपोर्ट र आईसीपी क्षेत्रमा राति–राति ट्राफिक प्रहरीले ट्रक चालकलाई डर धम्की देखाउँदै नगद उठाउने गरेको समाचार प्राप्त हुन आएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा मातहत रहेको अति सम्वेदनशील र व्यस्त सडक आइसीपी– वीरगंज– सुख्खा बन्दरगाह ड्राईपोर्ट स्थित ट्राफिक बिट इन्चार्जको जिम्मेवारी पाएका प्रहरी सहायक निरिक्षक धर्मेन्द्र झाले व्यापक रुपमा असुली धन्दा सञ्चालनमा ल्याएको बुझिएको छ ।
ड्राईपोर्ट ट्राफिक बिट इन्चार्ज प्रहरी सहायक निरिक्षक धर्मेन्द्र झाको कमाण्डमा रहेका ट्राफिक प्रहरी टोलीले रातिको समयमा आईसीपी गेटसम्म पुगेर ट्रक पार्किङ गरि सुतिरहेका चालकलाई उठाएर जबर्जस्ती रकम असुली गर्ने गरेको स्रोतको दावी छ । स्रोतका अनुसार ट्राफिक प्रहरीहरुले २०० देखि ५०० रुपैयाँसम्म ‘ड्युटी खर्च’का नाममा चालकहरुसंग जवरजस्ती असुली गर्दै आएको नाम नछापने शर्तमा एकजना चालकले बताए ।
ट्राफिक प्रहरीहरुले राति १० देखि ११ बजेबाट पार्किङतिर आउने गर्छ । रोकिएको गाडीको ढोक्का ढक्ढकाउने गर्छन, डर धम्की देखाउँछन र नगद माग्ने गर्छन, पैसा नदिँदा अनावश्यक मुद्दा हालिदिन्छु, गाडी जानदिदैन्न धम्की दिन्छन भने तथ्य समेत पाईएको छ ।
यता ट्राफिक प्रहरीले भने नियमित निगरानी तथा चेकजाँच गरिरहेको दाबी गर्दै आएको छ । तर रातिको समयमा हुने यस्ता गतिविधिले ट्रक चालकमा डर त्रास बढेको देखिन्छ ।
ड्रईपोर्ट र आईसिपी क्षेत्रमा असुली कार्य एक–दुई जनाले होईन, ट्राफिक बिटकै सेटिङमा व्यवस्थित ढङ्गले हुँदै आएको तथ्यहरु प्रमाणित गरेको छ । रातिको समयमा गस्तीको नाममा ट्राफिकहरुले आईसिपी गेट सम्म धाउने गरेका हुन्छन । ट्रकको चालकहरु सुतिरहेको समयमा ढोक्का ढक्ढकाई अवैध असुलीले गरिरहेको जो कोहीले पनि हेर्न सकिनेछन ।
बिट ईन्र्चाज धर्मेन्द्र झाले आफ्ना कमाण्डमा रहेका ट्राफिक प्रहरीहरुलाई परिचालित गरि खुलेआम रुपमा अवैध असुली गरिरहेका छन ।
यता ट्राफिक प्रहरीहरुले प्रत्येक गाडीसंग ओभर लोड लगायतको बिभिन्न बहानामा साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत हजार देखी दुई हजार सम्मको रकम असुली गरिरहेका छन ।
ड्रईपोर्ट र आईसिपीबाट हिँड्ने गाडी चेक पोस्टमा पुग्दा ड्राईभरले प्रहरीलाई डियुटी खर्चको नाममा नजराना दिनु पर्छ, पैसा नदिए गाडी रोकीन्छ, पैसा पाए समस्या सकिन्छ, भने यस्ता छन, ट्राफिक प्रहरी सहायक निरिक्षक धर्मेन्द्र झाको प्रवृति भनेपछि पैसा पाए भने ट्राफिक प्रहरीले कुनै किसिमको चेकजाँच नगरी जान दिने तथा सेटिंग नगर्ने गाडीवाललाई कारवाही गर्ने गरिएको जोकोहिले देख्न सक्छन ।
यस्ता गतिबिधिले दिनहुं राज्यको लाखौ रकम बराबरको राजस्व बाटोमै ट्राफिक प्रहरीहरुको बदनियत कार्यले गर्दा चुहावट भईरहेको छ,भने ट्रफिक प्रहरीका सहायक निरिक्षक झाको कार्यशैलीले डियुटी भन्दा राज्यको राजस्व बाटोमै लुटने अभियान चलिरहेको समेत बुझ्न सक्निछ ।
प्रतिक्रिया