मकवानपुरको बागमती गाउँपालिका-४ हरामी चोकमा सवारी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
मंगलबार बिहान मदन भण्डारी लोकमार्गमा सिन्धुलीबाट हेटौडातर्फ आउँदै गरेको म. प्र.०२(००१ ज ००७२ नम्बरको ईभी गाडीले भित्रि बाटोबाट हाईवे तर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनियन्त्रित १५ फिट तल खोल्सीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ईभी गाडीमा सवार र मोटरसाइकल चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जसमध्ये १ जना घाइते मिकशा पौडेललाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी गरिएको छ । अन्य घाइतेहरूलाई स्थानिय साम्भि पोलिक्लिनिक तथा सहकारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया