पर्सा भगवान कुर्मी- पर्सा जिल्लामा पछिल्ला महिनाहरूमा क्यासिनो माफियाको गतिविधि तीव्र बनेसँगै स्थानीय युवाहरू दिनदिनै दुव्र्यसन र आर्थिक संकटमा फस्ने क्रम बढदै गएको समाचार प्राप्त भएको छ । वीरगञ्जका विभिन्न होटल तथा मनोरञ्जन केन्द्रमा अवैध रुपमा सञ्चालित क्यासिनोहरू युवाहरूका लागि ‘फन्दा’ बन्दै गएको समाचार प्राप्त हुन भएको छ ।
वीरगञ्जका क्यासिनोहरुमा नेपालीहरुलाई सजिलै प्रबेश पाउने भएकोले जुवा खेल्नेहरुको चहलपहल बढदै गएको हो । यता पर्सामा अवैध क्यासिनो र जुवा सञ्चालनको गतिविधि रोक्न प्रशासनिक पहल कमजोर देखिएको छ । प्रहरी नेतृत्वमा पटक–पटक परिवर्तन भए पनि स्थिति उस्तै छ । सिधा भन्दा पर्सा जिल्लामा प्रहरी प्रमुखहरुको अवस्था हेर्दा , “जुन जोगी आए पनि कानै चिरेको” उखान पुष्टि भएको छ ।
पर्सा जिल्लाका सुरक्षा निकाय समयमा मौन बसेपछि आन्तरिक जुवा खोल्नेहरुको संख्यामा बढोत्तरी हुने गरेको छ । प्रहरी प्रशासनको मौनतालाई हात पारेर गण्डक स्थित रहेको क्लार्क रिसोर्टमा रहेका गोल्डेन फिङ्गगर गेमिङ्ग जोन, भिस्वा होटलमा सञ्चालीत सेन्ट्रल मिडिया गेमिङ क्लबले खुल्याम नियमको धज्जी उडाउदै गरेका छन, भने वीरगञ्जको मुख्य बजार एरियामा रहेको दियालोे लडँस प्लाजामा सञ्चालीत किंङ्ग क्यासिनो र सुरज होटेलमा फोरचुन सिटीको नामले सञ्चालीत क्यासिनोको गतिबिधि पनि कम छैन ।
क्यासिनो सञ्चालकहरुले नेपालीहरुलाई प्रबेश गराई राजनितिक पहुचको भरमा खुल्याम नियमको धज्जी उडाउदैं गरेको प्रमाण समेत पाईएको छ । यति मात्र होईन्न क्यासिनोहरुमा जुवा तास तथा सट्टाबाजी खेल्नेहरुको लागी मालिकहरुले सावारी साधनको समेत ब्यवस्था गरेका छन । घरबाट ल्याउने र रातिमा जुवा खेले पछि घर सम्म पुर्याउने जतिको सेवा सुबिधा दिनु भनेको जुवाको लत लगाउनु तथा क्यासिनोबाट मालिकहरुलाई ठुलै आम्दनी पाईरहेको पुष्टी हुन्छ ।
क्यासिनोमा नियम विपरीत नेपालीहरुलाई सजिलै प्रबेश गराउन लागेपछि वीरगञ्जका दर्जनौं युवा तबाह हुने भएका छन, भने परिवारिक सम्बन्ध समेत बिछोडको अवस्थामा पुगेको छ ।
क्यासिनोमा नेपालीहरुलाई प्रबेश निषेद गरिएको र खासगरी बिदेसीहरुलाई मात्र प्रवेश पाउँने नियम छ । तर क्यासिनोको गैरकानुनी गतिबिधिले गर्दा नियमावली (२०७०) लाई खुल्याम धज्जी उडाईरहेको र पर्सा जिल्लामा प्रहरी तथा सुरक्षा संयन्त्र प्रतिको बिश्वास खस्किदै गरेको अवस्था छ ।
आर्थिक नगरीको रुपमा परिचित तथा सीमावर्ती क्षेत्रबाट जोडिएको वीरगञ्ज महानगरपालिका अन्र्तगत सञ्चालित क्यासिनोहरुमा नियम विपरित नेपाली युवाहरूको प्रवेश सजिलै हुने गरेका कारण अहिले झनझन बिकृति बढदै गएको देखिएको हो । कानुन अनुसार नेपालभित्र क्यासिनो सञ्चालन तथा प्रवेशमा कडा नियम भए पनि वीरगञ्जका यी कुख्यात क्यासिनोहरुमा बिना कागजात युवाहरू सजिलै पसेर जुवा र ज्यानमै जोखिम पार्ने खालका गतिविधिमा संलग्न हुने गरेको देखिएका छन ।
युवाहरूले रातारात ठूला रकम जित्ने आशामा क्यासिनो धाउने गरे पनि धेरैजसोले सम्पत्ति गुमाउने, ऋणमा डुब्ने र आपराधिक गतिविधिमा संलग्न हुने जोखिम बढेको देखिएको छ । समाजमा सम्बन्ध बिछोड र घराईसी कल्ह बढदैं गएको छ, भने यी कुख्यात क्यासिनोको कारणले गर्दा अहिले दिनहु वीरगञ्जका सयौं युवाहरु ताबाह भएको घटना पनि बिभिन्न सामाचार, पत्र पत्रिकामा आउदां समेत प्रहरी प्रशासनले एक्सन नलिनु दुर्भाग्य देखिन्छ ।
“क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा लिने गरिन्छ तर यो क्यासिनोमा नेपालीहरु प्रवेश पाउँन थालेपछि अहिले क्यासिनो भरिभराउँ तथा क्यासिनो एकदमै रजगज बनेको छ ।
पर्सा जिल्लाका भिस्वा होटलमा सञ्चालीत सेन्ट्रल मिडिया गेमिङ, दियालोे लडँस प्लाजामा सञ्चालीत किंङ्ग क्यासिनो, सुरज होटेलमा फोरचुन सिटीको नामले सञ्चालीत र क्लार्क रिर्सोटमा गोल्डेन फिङ्गगर गेमिङ्ग जोन नामले सञ्चालिन यी कुख्यात क्यासिनोका मालिकहरु कतिपयले राजनितिक पहुच र कतिपयले प्रहरी प्रशासनका ठुला कर्मचारीहरुसंग निकै बलियो सम्बन्ध रहेकै कारणले गर्दा नियम विपरीत नेपालीहरुलाई भित्रियाउदा पनि पर्साका सुरक्षा निकायहरु मौनता अपनाएको जानकारहरु बताउछन ।
यो क्यासिनोहरुको माध्यमले मात्र दिनहु सयौं नेपालीहरु बर्बाद हुने गरेका छन तै पनि पर्साका सुरक्षा निकायको भने यस बिरुद्ध कुनै किसिमको गतिबिधी देखिएको छैन्न ।
नेपालीहरुलाई प्रवेश दिने क्यासिनोलाई नियमावली अनुसार सो क्यासिनोको ईजाजतपत्र नै रद्द गर्ने व्यवस्था छ । तर वीरगञ्जका यी कुख्यात क्यासिनोले खुल्याम नियमको धज्जी उडाईरहेको अवस्थामा पनि सुरक्षा निकायको मुर्खदर्शक बन्नु साच्चिकै राजनितिक दबाव तथा संचालकहरुको पहुच माथिल्लो निकाय सम्म रहेको पुष्टि हुन्छ । माथिल्लो निकाय सम्मको पहुचकै कारणले गर्दा यस क्यासिनोका मालिकहरुले महिनवारीको रुपमा आर्थीक नजराना तथा राजनितिक सेटिङ्गबाट सुरक्षा निकाय माथी दबाव बनाएर क्यासिनो संचालनमा राखेको स्रोतको दावी छ ।
यति मात्र होईन्न, पर्सा जिल्लामा मसाज सेन्टरको नाममा वेश्यावृत्ति बढदैं गएको अवस्था छ, वीरगञ्ज बजार क्षेत्र देखि भन्सार सम्म मसाज सेन्टर खोल्ने बहानामा वेश्यावृत्तिलाई मौलाउन दिएको देखिन्छ । व्यवसायको नाममा मसाज सेन्टर सञ्चालन गरि यौन धन्दा सुरु हुनथाले पछि अहिले वेश्यावृत्ति मौलाउदैं गरेको हो ।
शरीर आलस्य भयो र दिमागलाई आराम दिने उद्देश्यले स्पा सेन्टर जाने गरिन्छ भने सुनेका छौं, तर वीरगञ्जका स्पाहरुमा मसाजको नाममा छुट्टैं काम सुरु भएको प्रत्येक्षदर्शीहरु बताउछन ।
वीरगञ्जका मसाज सेन्टर, पार्लर अथवा स्पाहरुमा मसाजको नामा हस्तमैथुन गरेर ग्राहकलाई ह्याप्पी बनाउने काम गरिन्छ, भने थोरै पैसाका प्रलोभनमा परि सजिलै यौन सम्बन्ध समेत बनाउने काम सुरु भएको देखिएको हो ।
वीरगञ्जका स्पाहरुमा हस्तमैथुन अर्थात ह्याप्पी एन्डिङ्ग गरेर ग्राहकलाई खुसी पार्ने काम भईरहेको हुनाले मसाज सेन्टरहरुमा मान्छेहरुको भिड लाग्ने गरेको हुन्छ । मसाज सेन्टरहरुमा पुरुषको गोप्य अंगमा पनि मसाज गरिदिने प्रचलन बढेको छ, भने ‘यो त मसाजको पार्ट नै भईसकेको देखिएको छ ।
वीरगञ्जको स्पाहरुलाई अहिले हेर्दा हात्तीको दात खाने र देखाउने अर्कै हुन्छ जस्तै उखान पुष्टी भएको छ । मसाज सेन्टर, पार्लर अथवा स्पा ब्यानरमा प्रस्ट लेखिएको हुन्छ तर १०००/१२०० सय रुपैयाँमा मसाज पनि हुन्छ, ह्याप्पी इन्डिङ पनि हुन्छ र थोरै पैसा बढायो भने (फुलबडी मसाज) को नाममा अनैतिक सम्बनध समेत बनाउने गरेको स्रोतको दावी छ ।
वीरगञ्जको मसाज सेन्टरहरुमा प्रहरी प्रशासनका ठुला कर्मचारीहरुले फ्रि सर्विसको नाममा आफै लाभ लिरहेका छन, भने मौनता अपनाउन लाखौं रकम महिनवारीको रुपमा नजराना बुझ्दै गरेका छन, भने बिषेश समारोहको समय रक्सिको ठुलाँ ठुलाँ बोतल समेत बोन्सको रुपमा सम्मान राशि प्रदान गरिरहेको प्रहरी स्रोतको दावी छ ।
पर्सा जिल्लमा प्रहरी प्रशासनको प्रमुखको रुपमा चिरपरिचित तथा सिंगम सैली भएका कतिपय प्रमुखहरु आए तर यस्ता कृयाकलाप थप हुनुको सट्टा झनझन मौंलाउदैं गरेको देखिएको छ ।
यस बिषयमा यस बिषयमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी तोयनरायण सुवेदीसंग बुझ्न खोज्दा उनले अनुगमनको जिम्मा प्रहरीको हो, प्रहरीले अनुगमन गरिरहेको छ, तर क्यासिनोबाट ठगिएको निवेदन वा कुनै घटनाहरु हामी सम्क्ष नआएको प्रतिकृया दिए ।
यता पर्सा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकसंग यो ९८५५०७५५५५नम्बरमा सम्पर्क गर्न खोज्दा उहाँको फोन नै उठेन ।
प्रतिक्रिया