पर्सा, बिन्दबासिनी — पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका–४ मधवाल गाउँमा मदिरा सेवनपछि एक समूहले गाउँकै घरमा आक्रमण गरी लुटपाट गरेको घटना बाहिर आएको छ।
गाउँकै चिन्टु तिवारीको घरमा गएराति डुगामुगा ९हल्ला–गुल्मल० गर्दै लुटपाट गरिएको स्थानीय अधेश साहले जानकारी दिएका छन्। उनका अनुसार उपनेस चौरसिया, रजित चौरसिया, हिरो दास, सनु दास, नरेन्द्र चौरसिया, अनिल चौरसिया, वगर दास लगायतको समूहले मदिरा सेवन गरेपछि गएराति तिवारीको घरमा डुगामुगा गर्दै कुटपिट गरेका थिए। उक्त समूहले घरभित्रका सामग्री समेत लुटपाट गरेको बताइएको छ। आक्रमणमा तिवारीको आमा घाइते भएकी छिन् । उनको उपचार विरगजमा भईरहेको परिकारले जनाएको छ ।
घटनापछि गाउँमा तनाब सिर्जना भएको छ। यता तिवारीले घटनाको विस्तृत छानबिन र दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्। यसबारे प्रहरी स्रोतका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया