काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बिहीबारबाट प्रारम्भ भएको उक्त बैठकमा पार्टीका केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । हिजो बसेको बैठकमा १५ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
हिजोको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राणा, विद्यादेवी तिमिल्सिना, शान्ति परियार (वि.क), लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली तथा आमन्त्रित प्रदेश सभापतिहरू इन्द्रबहादुर बानियाँ ९वाग्मती० र अमरसिंह पुन (लुम्बिनी) ले आफ्नो विचार राख्नुभएको थियो ।
बैठकमा आज पनि अन्य केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने बताइएको छ ।

प्रतिक्रिया