काठमाडौं: नेपाल प्रहरीमा ठूलो जनशक्ति सरुवा भएको छ । एकैपटक देशभरका ६६५ जना प्रहरी निरीक्षक इन्सपेक्टरको सरुवा गरिएको हो।
यसैक्रममा पर्सा जिल्लाबाट ६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ ।
प्रहरी मुख्यालय मानवस्रोत व्यवस्थापन विभागले आज प्रकाशित गरेको सरुवा सूचनाअनुसार इन्सपेक्टरहरूलाई विभिन्न प्रदेश, जिल्ला र इकाइ कार्यालयहरूमा पुनः पदस्थापन गरिएको छ।
यो सरुवा नियमित कार्यसम्पादन, कार्यक्षमता अभिवृद्धि र संगठनभित्र जनशक्ति सन्तुलन कायम गर्ने उद्देश्यले गरिएको प्रहरी मुख्यालयले जनाएको छ।
मधेश प्रदेश प्रहरी गण व्यवस्थापन शाखा, विरगंजमा कार्यरत अवधेश कुमार यादवको सरुवा जिल्ला प्रहरी कार्यालय पाँचथर, मानवस्रोत व्यवस्थापन शाखामा भएको छ। यसैगरी वडा प्रहरी कार्यालय, बिर्तामा कार्यरत निरोज चौलागाईलाई नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान तालीम तथा कार्य योजना शाखा, काठमाडौंमा पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत रोशन थापाको नयाँ कार्यस्थान बागमती प्रदेश प्रहरी विद्यालय, चितवन तोकिएको छ।
वडा प्रहरी कार्यालय, श्रीपुरमा कार्यरत श्याम कुमार बस्नेतको सरुवा जिल्ला प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन शाखा, शिलगढीमा भएको छ।इलाका प्रहरी कार्यालय, मझारीमा कार्यरत सुमन चापागाईलाई इलाका प्रहरी कार्यालय कालिकानेडाँडी, कालिकोटमा पदस्थापन गरिएको छ।
इलाका प्रहरी कार्यालय, पोखरीयामा कार्यरत स्वर्ण शर्माको सरुवा जिल्ला प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन शाखा, सुर्खेतमा भएको छ।

प्रतिक्रिया